ताजा अपडेट

पहिराेले पुरिने जोखिममा गलेश्वरपारिको राहुघाटबस्ती

म्याग्दी, ४ साउन । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारीको ३० घरपरिवार जोखिममा छ । बर्षात हुनेवित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् ।... पुरा पढ्नुहोस

सरकारी सुविधा उपलब्ध हुने गरी भूमिहिनलाई जग्गा ब्यवस्थापन गर्न माग

  बेनी, ४ साउन । सडक, शिक्षा खानेपानी स्वास्थ्य र शिक्षा लगायतका सरकारी सुविधा प्राप्त हुने गरी भूमिहिनलाई जग्गा उपलब्ध गराउन पालिकाका जनप्रतिनिधिले माग गरेका छन् । भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले बार्षिक प्रगति तथा आगामी कार्ययोजना प्रस्ततु कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले सरकारी सुविधा लिन सहज हुने... पुरा पढ्नुहोस

माधव पक्ष बिनै देउवालाई बहुमत

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा  कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना विरुद्ध सात हजार दुईसय डोज खाेप उपलब्ध

बेनी, २ साउन । म्याग्दीको कोरोना भाईरस विरुद्धको दोस्रो चरणको भेरोसिल खोप शुक्रबारदेखि संचालन गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दोस्रो चरणको भेरोसियल खोप अभियानमा सात हजार २ सय डोज खाेप उपलब्ध भएको बताउनुभयो । हाल प्राप्त डोजलाई यस अघि छुटेका ५५ बर्षभन्दा माथिका नागरिक, विद्यालयका शिक्षक, यस... पुरा पढ्नुहोस

अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रहरी नियन्त्रणमा

म्याग्दी १ साउन । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमा पहिरोले अबरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत राहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प्राप्त निर्माण कम्पनी ओम कार्यश्वर... पुरा पढ्नुहोस

कृषि ज्ञान केन्द्रको उपलब्धी सार्वजनिक

म्याग्दी, १ साउन । कृषि ज्ञान केन्द्र म्याग्दीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक कार्यक्रमको प्रगति र खर्च विवरण सार्वजनिक गरेको छ । केन्द्रले साना ब्यवसायिक फर्म तरकारी, यान्त्रीकरण, किबी, मौरी, फलफुल, च्याउ, आलु, धान लगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र ब्यवसायीक बनाउने कार्यक्रमको उपलब्धी र बार्षिक खर्च सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका भिसी तुलबहादुर पुन : जन्मथलोमा सुनसान, बेलायतमा चर्चा, बाँदुकमा संग्रालय बनाउने याेजना

कमल खत्री बेनी, १ साउन । दोस्रो विश्वयुद्धमा अद्धितीय युद्धकला प्रदर्शन गरे बापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्वर्गीय तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । म्याग्दीको ग्रामीण गाउँमा जन्मिनुभएका पुन बेयायती सेनामा भर्ति भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईमा अकल्पनीय लडाई लड्नुभएको थियो ।... पुरा पढ्नुहोस

व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना (भिडियो रिपोर्ट सहित )

बेनी ३१ असार । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि पहल थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थिलाई आकर्षित गर्न यस विद्यालयमा शैक्षिक सुधार, आधुनिक शिक्षण शिकाइको पहुँच विस्तार संगै विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गराउने अभियान थालिएको छ ।... पुरा पढ्नुहोस

नारच्याङको मनमोहक छहराखोला झरना (फोटो कथा)

बेनी, ३१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छहराखोला झरना । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्ग अन्तर्गत पर्ने नारच्याङ गाउँमा पर्ने यो झरनाले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । गाउँको शिरमा रहेको यो झरनामा जाने पदमार्ग लगायतका पर्यटन पूर्वाधार निर्माण गरिएको छ भने झरनाको दिगो विकास र संरक्षणको... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान

काठमाण्डाै ३१ असार । सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१०... पुरा पढ्नुहोस