चरनक्षेत्रमा लैजान साँघु तर्दै गरेका भेडा (फोटो फिचर)

  • २४ पुष २०७८, शनिबार
  • 948 पटक पढिएको

बेनी, २४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला । घुम्ती गोठका रुपमा पालन गरिने भेडापालनमा भिर, पहाड, जंगल, खोलानाला हुँदै हिमालसम्मकै भुगोलमा संघर्ष गर्नुपर्छ । जिल्लाको दुर्गम बस्तीहरुमा अहिलेपनि परम्परागत रुपमा हुँदै आएको घुम्ती भेडापालनले निरन्तरता पाउँदै आएको छ । चरन क्षेत्र र भुगोलका हिसाबले म्याग्दी घुम्ती भेडापालनमा सम्भावनायुक्त मानिन्छ ।
तस्वीर : म्याग्दीअनलाइन डटकम