म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन

  • ७ फाल्गुन २०७८, शनिबार
  • 989 पटक पढिएको

 

म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा समेत सक्रिय रहेको संस्थाले शनिबार ढोल्ठानमा राखेको बोर्ड वडा अध्यक्ष बेलबहादुर चोखालले अनावरण गर्नुभएको थियो ।


ढोल्ठानमा पर्ने बाईसे–चौबीसे दरवारको बग्नाशेष, इट्टा लगायतका पुराना पुर्वाधार रहेको क्षेत्रमा पर्यटन आगमनलाई बृद्धि गराउन पर्यटन प्रर्वद्धन कार्यक्रम म्याग्दी जेसिजले गरेको अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । सडक सुविधा पुगेको ढोल्ठानमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।


सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष चोखालले २ हजार २ सय मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको स्थानलाई पर्यटकियस्थलको रुपमा विकासका लागि वडाले सडक, पदमार्ग र प्रतिक्षालय लगायतको पुर्वाधार विकासमा गरेको बताउनुभयो । बाईसे चौविसे राजाहरुले प्रयोग गर्ने पुरातत्व सम्पदासहितको मन्दिर, धवलागिरि, अन्नपुर्ण, निलगिरीसहितको दर्जनौ हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङ दर्जनौ गाउँहरु अवलोकन गर्न ढोल्ठानमा पर्यटन आगमनलाई बृद्धि गराउन जेसिजको कार्यक्रमले सहयोग पु¥याउने भन्नुभयो । ‘बाईसे चौविसे राजाहरु जाडो समयमा बेनी गर्मि समयमा ढोल्ठान दरवार बसेको इतिहासको पुराना भग्नासेस छ, समथर भूभाग, शिरशिर हावा, रानी बसेर हेर्न डिल, एतिहासिक मन्दिरको भग्नासेस रहेकोे छ।’


कार्यक्रममा स्थानीय सागर बानियाँ, म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष विरेन्द्र श्रेष्ठ र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले जिल्लाभित्रका ओझेलमा परेका पर्यटकीयस्थलमा म्याग्दी जेसीजको उपस्थितीले प्रचारप्रसारमा सघाएको धारणा राख्नुभयो । म्याग्दी जेसीजले पर्यटकीयस्थल टोड्के, बेलढुंगा, रुईसे र लभ्लीहिलमा समेत बोर्ड अनावरण सहित विभिन्न कार्यक्रम गरेको शाखा अध्यक्ष सन्दिप खत्रीले जानकारी गराउनुभयो । बोर्ड अनावरण कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष दिनेश बानियाँ, सञ्चालन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नविन खत्रीले गरेका थिए ।


पर्यटकले ढोल्ठान दरवारको ईतिहासंगै स्थानीय अर्गानिक उत्पादनको खाजा खाना, विभिन्न जातजातिको कलासस्कृति र गाउँले जीवनशैली लगायतको अवलोकन समेत ढोल्ठान पुग्ने पर्यटकले गर्न पाउछन् । सदरमुकाम बेनीदेखि गलेश्वरमन्दिर घतान हुदै तोरीपानी वा बेनीहुदै अथुंगे तोरीपानीको यातायात सेवाबाट ढोल्ठान दरवारमा पुग्न सकिन्छ ।