सरकारी सेवाबाट सेवानिवृत शाक्यद्धारा बेनपा–७ मा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

  • २९ चैत्र २०७८, मंगलवार
  • 769 पटक पढिएको

म्याग्दी २९ चैत । बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७ मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको विकासमा खर्चिने अठोट सहित वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।


भmण्डै ४१ बर्ष लामो सरकारी सेवाको दैरानमा शाक्यले २०५५ देखि प्राविधिक सहायक पदबाट स्थायी रुपमा सरकारी सेवा प्रवेश गर्नुभएको थियो । गत मंसिरमा बेनी नगरपालिकामा सहायक स्तर पाँचौँ (नायब शुब्बा) पदबाट अनिवार्य अवकास लिनुभएको थियो ।

‘‘फुर्सदको समयमा आफुमा रहेको ज्ञान, सिप र क्षमतालाई नगरबासीको विकास र समृद्धिको सपनामा सहकार्य गर्न स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ, मेरो उम्मेदवारी कसैको पक्ष र विपक्षमा नभएर नगरबासीको पक्षमा रहेको छ’’–शाक्यले भन्नुभयो । उहाँले स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपनि अरु नेताहरुले जसरी झुटो आश्वासन नबाँड्ने र वडामा जनताले अनुभुति गर्ने गरि नगरको आर्थिक समृद्धि र समग्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।