वाईसीएलद्वारा छापाडाडाँबारी देखि थाकनपोखरी विद्यालयसम्म पुग्ने पैदलमार्ग मर्मत

  • ३० चैत्र २०७८, बुधबार
  • 817 पटक पढिएको

म्याग्दी, ३० चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले बेनी नगरपालिका–६ स्थित छापाडाडाँबारी देखि थाकनपोखरी आधारभूत विद्यालयसम्म पुग्ने पैदलमार्ग मर्मत गरेको छ । विगत एक बर्षदेखि बन्द तथा मर्मत नहुदाँ विद्यालय पुग्ने विद्यार्थी र सर्वसाधारण आवातजावात गर्न सास्ती भएको पैदलमार्ग मर्मत गरेको हो ।


वाईसीएल बेनपा–६,का वडा कमिटी अध्यक्ष केदार पौडेलको नेतृत्वमा रहेको टोलीले मर्मत गरेको थियो । पैदलमार्ग मर्मतमा नेकपा माओवादी केन्द्रबाट आगामी स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवार नगेन्द्र केसी, नेतृ ज्योती लामिछाने र नेता यादव सुवेदी लगायतको सहभागिता रहेको थियो ।

विद्यालय जाने बालबालिका र सर्वसाधारणलाई मर्मतपछि आवातजावातमा सहज हुनेछ । स्थानीयले पटकपटक नगरपालिका र वडामा समेत ध्यानार्कषण गराउँदा समेत सुनुवाई नभएपछि वाईसियलकोे नेतृत्वमा पैदलमार्ग मर्मत गरेको वाईसियल वडा कमिटी अध्यक्ष पौडेलले जानकारी दिए । यस अघि झण्डै ९ महिनादेखि अवरुद्ध अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर मोटरबाटो मर्मत गरेको थियो ।