ताजा अपडेट
बागलुङका सबै पालिकाले ल्याए बजेट
- 3 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७९, शनिबार
बागलुङ ११ असार । यहाँका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा रु ४० करोड ४९ लाख ४९ हजार बजेट पारित
- 3 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७९, शनिबार
म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा रु ४८ करोड १८ लाख ३६ हजार बजेट पारित
- 3 बर्ष, 4 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
म्याग्दी, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।... पुरा पढ्नुहोस
मंगलाको १३ औँ गाउँसभा : रु ४२ करोड ३४ लाख बजेट पारित
- 3 बर्ष, 4 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
म्याग्दी १० असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि रु ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा १३ औँ गाउँ सभा : रु ४६ करोड ८६ लाख २५ हजार बजेट पारित (तस्विर सहित)
- 3 बर्ष, 4 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
बेनी, १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा ७३ करोड २२ लाख रुपैयाँको बजेट पारित
- 3 बर्ष, 4 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
बेनी, १० असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ७३ करोड २२ लाख बराबरको बजेट पारित गरेको छ । शुक्रवार बेनीमा सम्पन्न एघारौँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । ‘कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख बजेट सार्वजनिक
- 3 बर्ष, 4 महिना अगाडि
- १० असार २०७९, शुक्रबार
म्याग्दी, १० असार। म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटमध्ये चालु... पुरा पढ्नुहोस
जनताको समस्या समाधानतर्फ कांग्रेस लाग्नुपर्छ : आर्जु राणा
- 3 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७९, बुधबार
म्याग्दी, ८ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आर्जु राणा देउवाले कांग्रेसले तीन तहमा जनताको गुनासो सुन्ने र समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको उल्लेख गर्दै पार्टीको आन्तरिक समस्या समाधान र जनताको समस्यो समाधानका लागि विभाग... पुरा पढ्नुहोस
रणबाङमा चैते धानखेती सफल
- 3 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७९, बुधबार
म्याग्दी, ८ असार । म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो ।“यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको... पुरा पढ्नुहोस
रघुगंगाका केही बस्ती पहिराको जोखिममा
- 3 बर्ष, 4 महिना अगाडि
- ८ असार २०७९, बुधबार
म्याग्दी, ८ असार । म्याग्दीका रघुगंगा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगंगास्थित रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौर लगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका रघुगंगा ३ रानीपौवाका दीपक कार्कीले बताए । गाउँपालिकाले... पुरा पढ्नुहोस