ताजा अपडेट

कालीपुलमा रोकेर राखेको बाईकमा अज्ञात व्यक्तिद्धारा आगजनी

म्याग्दी १ असोज । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलको बगरफाँट जाने पुल नजीकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीबाट ग ७ प ७२७१ नम्बरको अपाचे बाईक पूर्ण रुपमा जलेर क्षति भएको छ । गयरानी ९ बजेर ५५ मिनेटको समयमा बाईकमा आगलागी भएको थियो । उक्त आगलागीबाट नजीकै... पुरा पढ्नुहोस

बेनीमा डेंगु नियन्त्रणका लागि खोजी र नष्ट अभियान

बेनी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमम सञ्चालन गरेका छन्... पुरा पढ्नुहोस

पहिरोले १३ जनाको मृत्यु, अझै १० बेपत्ता

अछाम १ असोज । अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । अझै १० बेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ । पहिरोले कमलबजार नगरपालिका–८ मा पाँच जनाको मृत्यु भएको छ । उनीहरुको पूर्ण विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनका अनुसार... पुरा पढ्नुहोस

भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

काठमाडौं ३१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल... पुरा पढ्नुहोस

शनिबार मध्यरातदेखि संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ ३१ भदाै । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष... पुरा पढ्नुहोस

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ ३१,भदाै । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ : ५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा... पुरा पढ्नुहोस

नागरिकता प्रकरणको अद्योपान्त

  धर्मेन्द्र कर्ण नागरिकता विधेयकको गलपासो राजा वीरेन्द्रको घाँटीबाट फुकाउन  सहयोग पु¥याउने संवैधानिक राजतन्त्रको पालाका प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुन् । यो गलपासो अब राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटीमा फस्ने भएको छ । अन्ध तथा उग्र राष्ट्रवादीहरूको लहैलहैमा संवैधानिक संसदीय राजतन्त्रका राजालाई नागरिकता विधेयक हस्ताक्षर... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा दर्जन बढी जलविद्युत् आयोजना निर्माण चरणमा

बेनी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिकामा दर्जनबढी जलविद्युत् अयोजना निर्माण हुने भएका छन् । धौलागिरि हिमालको फेदी भएरबग्ने म्याग्दी र यसका सहायक खोलाहरुमा १३ वटा जलविद्युत् आयोजनाले निर्माण प्रकृया थालेका छन् । अधिकाँश जलविद्युत आयोजना वडा नम्बर ४ मुदीमा निर्माण हुने भएका छन् । अहिलेसम्म दर्ता भएका जलविद्युत आयोजनाहरु निर्माण... पुरा पढ्नुहोस

साउनमा भित्रियो ९२ अर्ब बराबरको विप्रेषण

काठमाडौँ, ३१ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर

गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस