कालीपुलमा रोकेर राखेको बाईकमा अज्ञात व्यक्तिद्धारा आगजनी

  • १ आश्विन २०७९, शनिबार
  • 489 पटक पढिएको

म्याग्दी १ असोज । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलको बगरफाँट जाने पुल नजीकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीबाट ग ७ प ७२७१ नम्बरको अपाचे बाईक पूर्ण रुपमा जलेर क्षति भएको छ । गयरानी ९ बजेर ५५ मिनेटको समयमा बाईकमा आगलागी भएको थियो ।
उक्त आगलागीबाट नजीकै रहेको अर्को ध २ प ३८३१ नम्बरको मोटरसाईकलमा समेत क्षति भएको छ । आगलागीमा संलग्न व्यक्तिहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।