रिखार दैनिक दोस्रो बर्षमा प्रवेश, बेनीमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु

  • १ भाद्र २०७४, बिहीबार
  • धिरन खत्री
  • 3561 पटक पढिएको

 

म्याग्दी, १ भदौ ।म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्षको भदौ १ गतेदेखि प्रकाशन आरम्भ गरेको पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाउन सुरु गरेको छ । पत्रिकाले आफ्नो बार्षिक उत्सवको अबसरमा आजदेखि बेनीमा ‘न्यू संगम टे«डर्स रिखार कप’ वडा स्तरीय जिल्लाव्यापी पुरुष ÷महिला भलीबल प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले म्याग्दी जिल्ला भलिबल खेलमा अग्रस्थानमा रहेको चर्चा गर्दै प्रतियोगिताले नवप्रतिभाहरुको पहिचान संगै सामुहिक भावनाबाट अगाडी बढ्न प्रेरणा समेत दिने बताउनुभयो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले पत्रकारीतालाई अब गाउँ, बस्ती केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगिता उद्घाटनका अवसरमा ओमकुमारी शान्ति कोष र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाबीच मैत्रीपूर्ण पुरुष भलीबल खेल सम्पन्न भएको छ ।

सो क्रममा पत्रकार महासंघले एक का विरुद्ध तिन हात पार्दै शान्ति कोषलाई पराजीत गरेको थियो । भदौ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ १७ र महिलातर्फ ७ वटा वडाले सहभागीता जनाएको पत्रिकाका सम्पादक गोपाल छन्त्यालले जानकारी दिनुभयो ।

बेनीको कालीपुल स्थित न्यू सँगम टे«र्डस मूख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुषतर्फ बिजेता र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु ५० हजार र ३० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन्् । त्यस्तै महिलातर्फ बिजेता र उपबिजेताले क्रमशः ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु २५ हजार र पन्ध्र हजार रुपैया पुरस्कार प्राप्त गर्ने सम्पादक छन्त्यालले जानकारी दिनुभयो । सम्पादक छन्त्यालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l