म्याग्दीका मुख्य सडक अबरुद्ध
- २९ असार २०८१, शुक्रबार
- 1301 पटक पढिएको
म्याग्दी २८ असार । म्याग्दीका मुख्य सडकखण्ड अबरुद्ध बनेका छन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड ठाउँ ठाउँमा खसेको पहिरो र नदी कटानले अबरुद्ध बनेका हुन् ।
अबिरल बर्षाको कारण गएको पहिरो र कटानले बेनी जोमसोम सडकको म्याग्दी खण्डमा विभिन्न सात ठाउँमा सडक अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी–दरबाङ सडकखण्ड अन्तरर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीर खसेको पहिरोले सडक पूर्ण रुपमा अबरुद्ध बनेको छ ।
बेनी –जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–३ गलेश्वर राहुघाटमा रघुगंगा नदीले सडक कटान गरेको छ ।
नदीले सडकतर्फ कटान गरेपछि यस क्षेत्रमा सवारी साधन पूर्ण रुपमा आवत जावत गर्न रोक लगाइएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैँसरी, रिठाबोट, तिप्ल्याङ, महभिर, भुरुङभीर, गुइँठे, रुप्सेमा पहिरो खसेर सडक अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध बनेपछि यात्रु र सर्वधारणलाई आवत जावत गर्न समस्या भएको छ । गयरातीदेखि परेको अबिरल बर्षाको कारण जिल्लाको दर्जन बढी ठाउँमा पहिरो र नदी कटानले जनजिवन प्रभावित बनाएको छ ।