बसन्त फिल्मस् द्धारा विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान

  • २० पुष २०७३, बुधबार
  • 1857 पटक पढिएको

कुमार “अविरल” पन्थी, कतार ।

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । आइबोस ग्लोबल कतारले आयोजना गरेको “New Year Welcome Night 2017″मा भाग लिएर नेपाल फर्कन लागेका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच भब्य बिदाइ तथा सम्मान गरेको हो ।

कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रम एक भब्य साँस्कृतिक कार्यक्रम जस्तो देखिन्थ्यो । कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा आईबोस ग्लोबलका सिइयो हब खड्का प्रमुख अतिथि रहेका थिए । तेस्तै व्यवसायी तथा समाज सेवी महल के.सी., बसन्त फिल्मस प्रालिकी प्रमुख सल्लाहकार माया के.सी., आइबोस ग्लोबलका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, समाज सेवी बिमल सुबेदी, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिदि मगर, समाज सेवी भुपराज दवाडी, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर साथै आइबोस ग्लोबलका सम्पूर्ण टिमहरु विशेष अतिथि रहेका थिए । नमस्ते नेपाल कतार शाखाका उपाध्यक्ष लिला अधिकारी, सुप सेवा समाजका महासचिव महेश कार्की लगायत अतिथि रहेका थिए ।

basanta

सस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको कार्यक्रममा गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि ८ जना कलाकारहरुलाई एकै साथ सम्मान गरेको हो ।

मोडल तथा कोरियोग्राफर स्मृति तिमिल्सिना,गायिका साहिमा श्रेष्ठ, कार्यक्रम प्रस्तोता, तथा मोडल सुर्जनी केसी, गायक रुप कुमार राई, मोडल रश्मि तामांग, र मोडल तथा डान्सर शंकर बिसी, बहुचर्चित हाँस्य कलाकार जितु नेपाल “मुन्द्रे”, गायिका तथा मोडल कोपिला गुरुङ सम्मानित भएका हुन् ।

कार्यक्रममा पाल्पा जिल्ला चाप्पानी-२ बोझादीमा जन्मिएकी मोडल तथा नृत्य निर्देशक स्मृति तिमिल्सिनालाई उनको कला र प्रतिभाले सिङ्गो पाल्पावासीहरूको मान, प्रतिष्ठा बढाउने काम गरेको भन्दै पाल्पाली सेवा समाज कतारले पनि आफ्नो सस्थाका अध्यक्ष लिलम चिदि मगर, प्रथम उपाध्यक्ष चोलाकान्त डोटेलप्रमुख सल्लाहकार भुपराज दवाडी लगायत अन्य सस्थाका प्रतिनिधिहरुले सयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान समेत गरेका थिए ।

बसन्त फिल्मसले हाम्रोलाई भन्दा राम्रोलाई समृद्ध कलाकार भन्दा न्यून आए भएका र विशेषत: रेगिस्तानमा दबिएर रहेका प्रतिभालाइ उच्च प्राथमिकता दिने गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गर्दै सम्पूर्ण कलाकारहरुलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफुले गर्नुपर्ने सारा काम बसन्त फिल्मसले गरेको र त्यहि कार्यक्रमको हिस्सा बन्न पाउदा औधी खुसि लागेको बताए ।

basanta2

फिल्मसकी प्रमुख सल्लाहकार माया केसीले सबै कलाकारलाई साँगितिक यात्रा सफलताको शुभकामना व्यक्त गरिन । कार्यक्रममा बोल्दै गुरुआमा फिल्मस् प्रालि कि म्यानेजिङ् डाइरेक्टर समेत रहेकी तिमिल्सिनाले यति धेरै माया र सम्मानले आफु बसन्त फिल्मस् परिवार तथा पाल्पाली सेवा समाज कतारको आजिबन ऋणी भएको यो खादा खादा मात्र नभएर माया हो भन्दै यो मायालाई सधै जीवित राख्ने प्रतिबद्धता व्यक्त गरिन । तेस्तै कलाकारहरुले आईबोस ग्लोबल कतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए ।

बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । सस्थाका सचिब अबु अलिको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले गित सङ्गीतमा आबद्ध सम्पूर्ण प्रति लक्षित गर्दै एक पटक बसन्त फिल्मस् संग सहकार्यको लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यकर्मको समापन गरेका थिए । बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।