म्याग्दी समाचार

रघुगंगाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन

म्याग्दी ४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको... पुरा पढ्नुहोस

म्याग्देली व्यवसायी कँडेल र कलाकार बस्नेतको संयुक्त लगानीमा झम्सिखेलमा रेस्टुरेन्ट

म्याग्दी ४ वैशाख । बेनी नगरपालिका -३ भकिम्लीका स्थायी बासिन्दा रबिन कँडेल र अभिनेता सलोन बस्नेतको संयुक्त लगानिमा काठमाडौं उपत्यका भित्र नयाँ व्यवसाय सुरु गरेका छन् । सिने क्षेत्रका चर्चित कलाकार सलोन बस्नेत तथा पर्यटन व्यवसायमा संलग्न कँडेलको संयुक्त लगानीमा उपत्यकाको झम्सीखेलमा आशन लज एण्ड बारको शुरुआत गरेका हुन् ।... पुरा पढ्नुहोस

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका... पुरा पढ्नुहोस

डोजरे विकासको असर : सुके कुवा, हराए झरना

गलेश्वर, ३ वैशाख । टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति गुनासो गरिरहेको पाइन्छ । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको... पुरा पढ्नुहोस

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

म्याग्दी ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन... पुरा पढ्नुहोस

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी ३ वैशाख । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी... पुरा पढ्नुहोस

आहा ! पर्यटकीय दुरलेकको गुराँसे जंगल ( फोटो फिचर)

बेनी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ । यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा... पुरा पढ्नुहोस

कांग्रेसबाट मालिकाको अध्यक्षमा श्रीप्रसाद रोकाको उम्मेदवारी

म्याग्दी, २ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद रोकालाई पुनः अध्यक्ष पदको उम्मेदवारमा दो¥याउने निर्णय गरेको छ । कांग्रेस गाउँपालिका कमिटीको शुक्रबार बसेको बैठकले विस २०७४ को चुनावमा बिजयी रोकामगरलाई यसपटक अध्यक्षको उम्मेदवारमा दो¥याउने निर्णय गरेको हो । युवा नेताको... पुरा पढ्नुहोस

नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत

म्याग्दी २ वैशाख। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । शुक्रवार बेनीमा बसेको काँग्रेस म्याग्दीको पदाधिकारी बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । विहिवार नेपाली काँग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आँकाक्षी १०... पुरा पढ्नुहोस

‘हात समाई संगै नाचौँला’ गीतको म्युजिकि भिडियो सार्वजनिक ( भिडियो सहित)

  https://www.youtube.com/watch?v=qaqkH_LrhrE म्याग्दी २ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीका सर्जक कृष्ण पुर्जाले तयार गर्नुभएको ‘हात समाई संगै नाचौँला’ बोलको कौडा गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । शिक्षक समेत रहनुभएका सर्जक पुर्जाको स्वर रहेको उक्त गीतमा तारा श्रीस मगरको समेत स्वर रहेको छ । एल.बि. पुनको एरेन्ज रहेको... पुरा पढ्नुहोस