म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम सुरु

  • १५ जेष्ठ २०७९, आईतवार
  • 829 पटक पढिएको

बेनी, १५ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा आयोजित साताब्यापी विविध कार्यक्रम आईतबारदेखि सुरु भएको छ । आईतबार जेसिज कार्यालयमा नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जयकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो ।म्याग्दी जेसिज स्थापना भएको जेठ १५ गते देखि २१ गतेसम्म हुने जेसिज सप्ताहको उद्घाट्न गर्दै नेपाल जेसिज पुर्व अध्यक्ष श्रेष्ठले युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा म्याग्दी जेसिजले सहयोग पु¥याएको बताउनुभयो । उहाँले म्याग्दी जेसिजको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।


म्याग्दी जेसिज अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विजयकुमार श्रेष्ठ, कमल विश्वकर्मा र विरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । जेसिज शाखा सम्पादक दिनेश विश्वकर्माले जेसिज सप्ताह समुदघाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।

म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तरगत १६ गते बेनीस्थित रहेको बेनी संजिवनी हेल्थ क्लिनिकमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । जेसिजको आयोजना र बेनी संजिवनी हेल्थको प्राविधि सहयोगमा हुने दन्त शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारबाट दातको परिक्षण गरिने शिविर संयोजक कुमार बानियाँले बताउनुभयो । दन्त रोगसम्वन्धी विरामीहरु उक्त सेवा लिन जेसिजले आग्रह गरेको छ ।

म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी कार्यक्रम अन्तरगत १७ गते राष्ट्रिय झण्डा अनावरण, १८ गते जेसिजगाउँ पुलाचौरमा निःशूल्क आँखा परिक्षणा, १९ गते सार्वजनिक भाषणकला तालिम, २० गते मेरो जनप्रतिनिधीलाई सुझाव र २१ गते जिसस सभाहलमा १८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगिता राखेको मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।