म्याग्दी समाचार

म्याग्दीका पालिकाबाट ५० हजार बढी फलफुलका विरुवा वितरण,कुन पालिकामा कति दररेटमा विरुवा खरिद भए !

म्याग्दी १२ साउन । हरेक स्थानीय तहमा कृषि क्षेत्रमा विनियोजन भएको बजेटबाट तालिम र प्रविधि हस्तान्तरण संगै फलफुलका विरुवा समेत वितरण हुँदै आएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा आर्थिक बर्ष २०७८÷०७९ मा सुन्तला, कागती, टिमुर, ओखर, किवी, आँप, लिची लगायतका ५० हजार बढी फलफुलका विरुवा वितरण... पुरा पढ्नुहोस

म्याग्दीमा एसइई परिक्षा नतिजा, जिल्लाभरमा लिटल गार्डेन, सामुदायिकतर्फ प्रकाश मावि उतकृष्ट

बेनी, १२ साउन । बुधबार सार्वजनिक भएको एसईई परिक्षामा जिल्लाभरमै सदरमुकाम बेनीस्थित लिटील गार्डेन एकेडेमी प्रथम भएको छ भने सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविले उतकृष्ट नतिजा लिएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सार्वजनिक नतिजा अनुसार साविक धवलागिरी अञ्चलनमा लिटील गार्डेन एकेडमीले प्रथम भएको... पुरा पढ्नुहोस

अनेमसंघ बेनपाको कार्यकर्तालाई प्रशिक्षण सुरु

  म्याग्दी, ११ साउन । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको आयोजनामा आज (बुधवार)देखि सदरमुकाम बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक

  म्याग्दी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाईएको छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बुधबार सामािजक सञ्जाल सञ्चालन सम्वन्धमा सूचना जारी गर्दै गाउँ कार्यपालिका कार्यालय, स्वास्थ्य केन्द्र र एकाईका सबै कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ईस्टाग्राम, टिकटक, लगायतको सामाजिक सञ्जाल... पुरा पढ्नुहोस

म्याग्दीमा छ हजार नागरिकता वितरण

म्याग्दी १० साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक... पुरा पढ्नुहोस

म्याग्दीका पाँच हजार बढी घरधुरीमा खानेपानीको सुविधा विस्तार

बेनी, १० साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा ‘एक घर एक धारा’ खानेपानीको सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने अभियान अन्तरगत हालसम्म पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानी पुर्याइएको हो । खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दी... पुरा पढ्नुहोस

जब कृषकले गाउँपालिका परिसरमै सुन्तलाका विरुवा राखेर विरोध गरे……

बेनी, १० साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा कृषक बालकृष्ण कटुवाल यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको सुरुवात गर्ने युवा कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले सुन्तलाको खेती संगै सुन्तलाका विरुवा उत्पादनका लागि ‘भगवती सुन्तला कृषि फर्म’ स्थापना गर्नुभएको छ । कटुवालको फर्ममा करिब ४५ हजार सुन्तलाका विरुवा उत्पादन भएका छन्... पुरा पढ्नुहोस

गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव

म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीमा एक वर्षको अवधिमा ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

म्याग्दी ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र... पुरा पढ्नुहोस

पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी

म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो... पुरा पढ्नुहोस