जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित अन्तर नेपाली फुटबल खेल सम्पन्न

  • २४ आश्विन २०७४, मंगलवार
  • 2397 पटक पढिएको

 पूर्ण पहाडी / ओमन जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित अन्तर नेपाली फुटबल खेल सम्पन्न भएको छ । ०६-१०-२०१७ शुक्रबारको दिन ओमनको बर्का बंगाली मार्केट नजिक रहेको खेलकुद मैदान भएको फुटबल खेलमा ओमनमा रहेका विभिन्न संग सस्थाले भाग लिएका थिए । एन आर एन ओमन,मगर समाज ओमन,जनप्रगतिशिल मञ्च ओमन A, B , तमु समाज,ठकुरी युवा क्लब,सगरमाथा समाजका टिमले भाग लिएका थिए । पहिलो खेल एन आर एन र मगर समाज बिच भएकोमा एन आर एनले १ को विरुद्ध ३ गोल गरि मगर समाज दोस्रो राउन्डमा प्रवेश गरेको थियो । जनप्रगतिशिल मञ्च ओमान बि र ठकुरी युवा क्लब बिच ठकुरी भएको खेलमा शुन्यको बिरुद्ध ५ गोल गर्दै ठकुरी युवा क्लब दोस्रो राउन्डमा प्रवेश गर्यो, जनप्रगतिशिल मञ्च ओमान ए र तमु समाज बिच भएको खेलमा जनप्रगतिशिल मञ्च ओमान ए ले ३ गोल गर्दै दोस्रो राउन्डमा प्रवेश भयो ।

सेमिफाइनलमा चार टिमले प्रवेश गरेका थिए । एन आर एन, ठकुरी युवा क्लब बिच भएको सेमिफाइनलमा खेल निकै प्रतिस्पर्धामक भयो, खेलमा पेनाल्टी मार्फत ठकुरी युवा क्लब फाइनलमा प्रवेश गरेको थियो । जनप्रगतिशिल मञ्च ओमन र मगर समाज बीच भएको सेमिफाइनलमा जनप्रगतिशिल मञ्च ओमन ए ले ३ गोल गर्दै फाइनलमा प्रवेश गरे संगै फाइनलमा ठकुरी युवा क्लब र जनप्रगतिशिल मञ्च ओमन ए बिच खेल निकै प्रतिस्पर्धा गर्दै ठकुरी क्लब लाई शुन्यको बिरुद्ध १ गोल गर्दै जनप्रगतिशिल मञ्च ओमन ए ले प्रथम उपाधी ७० ओमनि रियल,कप मेडल प्रमाणपत्र हात पार्यो, द्वितीय भएको ठकुरी युवा क्लबले ५० ओमनि रियल कप मेडल प्रमाणपत्र हात पारेको थियो । खेललाई विभिन्न कम्पनी र ब्यक्तीले पानी जुस प्रायोजन गरेका थिए ।

 अन्यमा खेलकुद कार्यक्रम अतिथि मुन्ना परियार, प्रमुख अतिथि तोलाकान्त भट्टराईले खेल खेलाडी, आयोजकको प्रशंसा गर्नु भयो,जनप्रगतिशिल मञ्च ओमन कार्यबाहक अध्यक्ष हेम आचार्यले खेलकुद कार्यक्रम सहभागी संघ सस्था खेलाडी, दर्शक सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।