दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको ‘खडानन्द केशरकुमारी स्मृति प्रतिष्ठान’

  • १३ बैशाख २०७६, शुक्रबार
  • 3333 पटक पढिएको

म्याग्दी, १३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी इन्जीनियर चन्द्र कुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको स्मृतिमा रु ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुबा खडानन्द र आमाहरु केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरि रु ५ लाख राशिको कोष स्थापना गर्नुभएको हो ।

                                               स्वर्गीय खडानन्द सुवेदीको दम्पती

सो कोषको व्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थिहरुलाई छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवम् विद्यालयका पूर्व प्रअ निलकण्ठ सुवेदीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका इन्जीनियर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फि सहयोग पुगोस भन्ने उदेश्यले कोष स्थापना गरिएको बताउनुभयो ।         बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने इन्जीनियर चन्द्रकुमार सुवेदी दम्पती

उहाँले कोषको पुँजी विस्तारको लागि समेत प्रतिष्ठानले समाजका अन्य सहयोग दाताहरुसंग आबश्यक समन्वय गर्ने बताउनभुयो । अक्षयकोष स्थापनाकर्ता चन्द्रकुमार र सुधा कुमारी सुवेदी दम्पती संरक्षक रहनुभएको प्रतिष्ठानमा विद्यालयका पूर्व प्रअ लक्ष्मी प्रसाद सुवेदी अध्यक्ष र विद्यालयका प्रअ सदस्य सचिब रहने गरि समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा पदेन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहने व्यवस्था गरिएको छ भने कोषाध्यक्षमा पदेन विद्यालयका लेखापाल रहने समितिको सदस्यहरुमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहनुभएको छ ।

स्वर्गीय खडानन्द सुवेदी ज्ञानोदय माविको संस्थापक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएको थियो । उहाँ तत्कालिन समयमा राखु क्षेत्र मुस्ताङ जिल्लामा रहँदा राष्ट्रिय पञ्चाएत सदस्य र जिल्ला पञ्चायत सभापति पदमा समेत रहेर सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएको थियो ।