जनताको अधिकार सरकारको पहिलो प्राथमिकतामा : मन्त्री बिष्ट

  • ४ बैशाख २०७६, बुधबार
  • 2181 पटक पढिएको

बागलुङ ४ वैशाख ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले काम गरेर बाच्न पाउने जनताको अधिकार सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ । बागलुङको गलकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा द्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री विष्टले यस्तो बताउनु भएको हो ।

मन्त्री बिष्टले सरकारले घोषणा गरेका कार्यक्रम पुरा गरेररै छाड्ने दाबी गर्नुभयो । नेकपाका स्थाई कमिटि सदस्य समेत रहेका बिष्टले रोजगारि दिनको लागी सरकारले बेरोजगार युवाहरुको तथ्याङ्क संकलन भैरहेको जनाकारि दिनुभयो । मन्त्री बिष्टले भन्नुभयो आगामी बर्ष हरेक स्थानिय तहमा २ देखी ४ सय युवालाई स्थानिय स्तरमै रोजगारि श्रृजना गर्ने बाताबरण निर्माण गर्न लागीरहेको छ । बिष्टले मध्यपहाडि लोकमार्गले चिरेर गएको गलकोटलाई सहरिकरण रर स्मार्ट सिटिको रुपमा बजारको बिकास गर्न संघिय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बिष्टले भन्नु्भयो जिल्ला सदरमुकामबाट टाढा रहेका पालिकामा आगामी बर्षमा १५ शैयाको अस्पताल निमार्ण गर्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । भेटघाटको अबसरमा गत बैशाख १ गते. गलकोटमा गएको बाढि र क्षेतीको एथेष्ट बिबरण संघिय सरकारलाई उपलब्ध गराउन स्थानिय सरकार, सांसद लाई आग्रह गदैं केन्द्रीय सरकारबाट हुने हरेक सहयोग गर्ने मन्त्री बिष्टको भनाई थियो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सासद ईन्द्रलाल सापकोटा, चन्द्र बहादुर बुढा सागर, मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज गौतमले शुभकामना मन्तब्य ब्यक्र गर्नुभएको थियो । कार्यक्रमको अबसरमा मन्त्री बिष्टलाई गलकोट क्षेत्रको बिकासको लागी मागपत्र तथा ज्ञापनपत्र हस्तान्त्ररण गरिएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टि नेकपाका गलकोट नगर अध्यक्ष ललित श्रीसको अध्यक्षता गण्डकी प्रद्रेश सयन्त्र सदस्य फमलाल निउरेको स्वागत तथा गलकोट नगर सचिब डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।