भेनेजुएलामा लूटपाटका क्रममा गोली चल्दा १० जनाको मृत्यु

  • ९ बैशाख २०७४, शनिबार
  • 245 पटक पढिएको

काठमाडौं, ९ बैशाख । भेनेजुएलाको राजधानी कराकसमा लूटपाटका क्रममा गोली चल्दा १० जना मारिएका छन् । कराकसमा रहेको एक बेकरीमा लूटपाट भएको र त्यसमा गोली चल्दा १० जना मारिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रहरीले परिस्थितिलाई निकै कठीनपूर्वक नियन्त्रणमा लिएको थियो । राजधानी बाहिर भएको अर्को घटनामा एक जना मारिएको खबर छ ।

भेनेजुएलमा राष्ट्रपति निकोलश मदुरोको सरकारको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा लूटपाटका घटना भएको सरकारी पक्षको आरोप छ । (एजेन्सी)