नेपाल हुँदै युरोप पुग्न सक्छ सिंगापुरको रेल

  • २७ मंसिर २०७३, सोमबार
  • 1467 पटक पढिएको

काठमाडौँ – ट्रान्स एसियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन । तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई ‘मिसिङ लाइन’ को रुपमा गणना गरेको छ । अहिले हाम्रोमा रेलमार्ग नभएका कारण नेपाल मिसिङ लाइनको रुपमा देखिन्छ,’रेलविभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

‘भोलि सिंगापुर र युरोपका रेल नेपाल आउने स्थितिमा पनि ती रेलहरु गुड्न मिल्ने गरी हामीले संरचना तयार गर्दैछौँ,’ उनले भने ।

पहिलो समय विश्वका धेरैजसो मुलुकहरुले रेलमार्गलाई अन्तर्राष्ट्रिय रेल सञ्जालमा विस्तार गरिरहेका छन् । यसै आधारमा ट्रान्स एसिया रेल्वे नेटवर्कलाई सिंगापुर–कम्बोडिया–थाइल्याण्ड–म्यानमार–बंगलादेश–भारत–नेपाल–भारत–पाकिस्तान–अफगानिस्तान–इरान हुँदै युरोपसम्म जोड्न सकिने उनको भनाई छ ।

सिंगापुरबाट युरोपेली मुलुकमा समुद्री मार्गबाट वस्तु आयात–निर्यातमा करिब २ महिनासम्म लाग्ने गरेको छ । सिंगापुरदेखि नेपालको बाटो हुँदै युरो पुग्न मालबाहक रेललाई करिब ७ दिन नै काफी हुने अध्ययनहरुले देखाएका छन् ।
‘दुई सय किलोमिटर कुद्ने रेलका लागि हामीले संरचना बनाउनुको कारण पनि त्यही हो,’ उनी भन्छन् ।

आजको नागरिक दैनिकमा खबर छ ।