मुनामा प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

  • २८ असार २०७५, बिहीबार
  • होसीयार सिङ विश्वकर्मा
  • 1901 पटक पढिएको

मुना, २८ असार । धौलागिरी गाउँपालिका ३ मुनामा बुधबार ३ दिने महिला स्वास्थ्य पुनतार्जकी सम्बन्धि स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग र कदम म्याग्दीको आयोजनामा सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङ स्थित स्वास्थ्य संस्थाका प्रमुख र चार जना महिला स्वास्थ्य स्वमसेवीकाहरुको सहभागीता रहेको थियो ।

महिला स्वास्थ्य स्वमसेवीकाको सेवामा गुणस्तरीयता ल्याउनका लागि उनिहरुको सिप तथा क्षमत्ता विकासका लागि आयोजना गरेको तालीमको ३ नम्बर वडाका अध्यक्ष पुर्म पुनले उद्घाटन गर्नुभएको थियो ।

तालीमको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले सहजिकरण गर्नुभएको थियो । सोही अवसरमा मुना स्वास्थ्य चौकीको बर्थीङ सेन्टरलाई ९५ हजार रुपैया बराबरको सामाग्री उपलब्ध गराइएको थियो ।

तालीम समापन कार्यक्रममा म्याग्दी सामुदायीक विकास परियोजनाका व्यवस्थापन समितिका सदस्य देवेन्द्र रोका, लुलाङ स्वास्थ्य चौकीका प्रमुख बिरेन्द्र बुढा र कदमकी निरमाया मिजारले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

होसीयार सिङ विश्वकर्मा