सलमान खानले ल्याउँदैछन् स्मार्टफोन ब्राण्ड

  • २८ फाल्गुन २०७३, शनिबार
  • 2249 पटक पढिएको

sa
बलिउड सुपरस्टार सलमान खानले नयाँ स्मार्टफोन ब्राण्ड ल्याउने भएका छन् । खानको च्यारिटी कम्पनी बिइङ ह्युमनले नयाँ स्मार्टफोन ब्राण्ड ‘बिइङ स्मार्ट’ ल्याउन लागेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

फिल्मबाट बर्षमा अरबौं रुपैयाँ कमाउने सलमान खान केवल अभिनय निर्माणमा मात्र सक्रिय छैनन् । उनको च्यारिटी कम्पनीले बिइङ ह्युमन ब्राण्डमा फेसनवेयरहरु पनि उत्पादन गरिरहेको छ । अब सलमानको ध्यान फेसनबाट स्मार्टफोनतर्फ मोडिएको छ ।

रिपोर्टमा जनाइएअनुसार सलमानले ‘बिइङ स्मार्ट’ ट्रेडमार्क दर्ता गरेका गर्दै फोन उत्पादनको तयारी थाल्न सामसुङ र माइक्रोम्याक्समा काम गरिरहेका उच्च अधिकारीलाई भर्ना गरेका छन् ।

सलमान स्मार्टफोनको उत्पादन चीनमा हुनेछ । उनले उत्पादक कम्पनी र केही प्रारम्भिक मोडलको छनौटसमेत गरिसकेका छन् । यो मामिलासँग जानकार सूत्रले दिएको जानकारी अनुसार २० हजार भारतीय रुपैयाँ हाराहारीमा सुरुवाती मोडलका फोनको मूल्य तय गरिएको छ ।

स्मार्टफोन कम्पनीको बहुमत सेयर आफै वा परिवारका नाममा लिने सलमानको योजना छ । तर, स्मार्टफोन बिजनेसबाट प्राप्त आम्दानी भने परोपकारी काममा खर्च हुने छ ।

सूत्रहरुका अनुसार सुरुमा बिइङ स्मार्ट फोन अनलाइनबाट बिक्रि गरिने छ भने केही महिनापछि अफलाइन बिक्रिसमेत सुरु गरिने छ । स्मार्टफोन सार्वजनिक हुने मितिबारे भने केही खुलाइएको छैन् ।

-साभार : अनलाइन खबर