म्याग्दी बहुमुखी क्याम्पसमा वर्कशप सेमिनार सम्पन्न

  • २८ भाद्र २०८०, बिहीबार
  • 391 पटक पढिएको

बेनी, २८ भदौ । विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी बहुमखी क्याम्पसमा आयोजना गरिएको तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने सुचना र प्रविधि सम्बन्धि तीन दिने वर्कशप सेमिनार सम्पन्न भएको हो ।


भदौ २५ गतेदेखि २७ गतेसम्म संचालन भएको ९ विद्यालयका ९० जना विद्यार्थीहरु सहभागि भएका थिए । तालिममा सहभागिहरुलाई वेवसाइट निर्माण, होस्टिङ, अपडेट, ह्याकिङ्ग, डाटा चोरी, ह्याकरहरुले दिने दु:ख कष्ट, बरवादीको बारेमा प्राविधिक ज्ञान सहित प्राक्टिकल मार्फत जानकारी गराईएको क्यान म्याग्दी शाखाका अध्यक्ष लाल बहादुर कार्कीले बताउनुभयो ।


सहभागि विद्यार्थीहरु मध्ये परीक्षा पनि लिइएको थियो । परीक्षाबाट उत्कृष्ट नतिजा ल्याउने लिटल गार्डेन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुलभ सुवेदी प्रथम, सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रतिक चापागाई द्धितीय र न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यविक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अर्जुन पुर्जा र प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्देश पौडेल सान्त्वना स्थान हासिल गर्नुभएको थियो । कार्यक्रममा प्रथम, द्धितीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार र बेनीमा संचालित विआइटी ट्रेडर्स र ग्लोबल कम्प्युटर प्वाइन्टबाट आकर्षक सामानहरु पुरस्कार प्रदान गरेको थियो ।


कार्यक्रममा सहभागीहरु सबैलाई सहभागीताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा प्रशिक्षकको भूमिकामा म्याग्दी बहुमुखी क्याम्पसमा विआईसिटी कोर्ष अध्ययनरत विवेक सापकोटा र शेर बहादुर सुनार हुनुहुन्थ्यो । क्यान म्याग्दी शाखाका अध्यक्ष लाल बहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी र म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोरख बहादुर जिसीको उपस्थित थियो । सचिव बासुदेव घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।