विशेष

जेष्ठ नागरीकद्धारा सामाजिक सुरक्षा भत्ताको रकम पहिरो पिडितलाई सहयोग

बेनी, २९ साउन । बेनीका एक जेष्ठ नागरीकले आफूले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम पहिरो पिडितलाई सहयोग गरेका छन् ।बेनी नगरपालीका ७ ईन्दे्रणीटोलका ७५ वर्षिया नैनकुमार श्रेष्ठले पहिरोले घर भत्कीएर विस्थापित भएकी बेनपा १० पात्लेखेतकी खम्बी गर्बुजालाई आईतबार आठ हजार रुपैया उपलब्ध गराउनुभएको हो । गत आर्थिक वर्षको... पुरा पढ्नुहोस

हावाबाट बिजुली निकाल्ने योजनाको पूर्व प्रम ओलीद्धारा उद्घाटन

मुस्ताङ, २८ साउन । मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत उत्पादन गर्ने परियोजनाको शनिबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टी भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नवलपरासी र मकवानपुरमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास... पुरा पढ्नुहोस

बेनीमा युवा दिवस मनाइयो

बेनी, २८ साउन । बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर १७ औ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । जिल्ला युवा समितिको कार्यालयको आयोजनामा बेनीमा प्रभातफेरी गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको र्‍याली न्युरोड, अस्पतालचोक, गणेशटोल, बालमन्दिर चोक हुँदै पुन सोही ठाउँमा पुगेर समापन गरिएको थियो... पुरा पढ्नुहोस

बेनी –जोमसोम सडकखण्ड अन्र्तगत घोप्टे भिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु

म्याग्दी, २७ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु भएको छ । मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४बाट अगाडी बढ्दै गर्दा २२ बर्षिय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट् कम्मा कथरिना फुलरटनको ज्यान गएको घाँसा प्रहरी... पुरा पढ्नुहोस

मालिका गाउँपालिका केन्द्र दरवाङ बजार म्याग्दी खोलाको कटानबाट प्रभावित

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । अबरिल बर्षाको कारण बुधवार राती खोलामा पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन रहेको खेलकुद मैदानतर्फ कटान बढेको हो ।   म्याग्दी नदीको पानीको बहाबले बस्तीको छेउमा रहेको मैदानतर्फ कटानगरेपछि जोखिम बढेको मालिका गाउँपालिकाका प्रमु्ख... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, २६ साउन । हरितालिका तिजको अबसरमा म्याग्दी सदरमुकाम बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास सतितिको आयोजनामा आगामी भदौ ७ र ८ गते बेनी स्थित खुलामञ्चमा कक्षा १० सम्मका छात्राहरुको लागि सो प्रतियोगिता आयोजना गरिएको हो । जिल्लामा फुटबल खेलप्रति बढ्दै... पुरा पढ्नुहोस

म्याग्दी नदिको कटानले अर्मनको हाँडिभिर जोखिममा

म्याग्दी, २६ साउन । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिर म्याग्दी नदीको कटानबाट जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदीमा आएको बाढीको कारण हाँडेभिर क्षेत्रको जग्गा र बस्ती नदी कटानको जोखिममा परेको हो ।  नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेको स्थानीय... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय

म्याग्दी २६ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय भएको छ । साउन २३ र २४ गते लगातार दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा मुना र ताकम मध्ये एक ठाउँलाई गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने बिषयमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानको... पुरा पढ्नुहोस

धौलागिरीको केन्द्र बिवाद समाधानका लागि भएको सहमतीको प्रयास बिफल

बेनी २४ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र कायम गर्न विज्ञको सहयोग लिइने भएको छ । केन्द्र बिवाद टुङ्ग्याउन दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानका लागि भुवर्भबिद्को सहयोग लिने निर्णय भएको हो । आगामी असोजभित्र भुगर्भबिद्लाई ल्याएर सात वटै बडाको बिच भागमा पर्ने... पुरा पढ्नुहोस

प्रचण्डको चेतावनीः कांग्रेसले मानेन भने देउवाको ठाउँमा म पुग्न सक्छु

काठमाडौं–तीन साता अघि सत्ता गठबन्धनमा हुन सक्ने सम्भावित गढबढमाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक वृतमा नयाँ बहस सिर्जना गराएका थिए । फेरि मंगलवार पनि प्रचण्डले अहिलेको गठबन्धनबाट प्रधानमन्त्री  बनेका शेरबहादुर देउवालाई तनाव हुने गरी अभिव्यक्ति दिएका छन् । प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको भन्दै सो मुद्दामा... पुरा पढ्नुहोस