अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न

  • १० फाल्गुन २०७४, बिहीबार
  • dhiran
  • 3296 पटक पढिएको


म्याग्दी, १० फागुन । स्थानीय कच्चा प्रदार्थ प्रयोग गरि ब्यवसायिक रुपमा रोजगारिको वातावरणप सिर्जना गर्न संचालन गरिएको १५ दिने अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न भएको छ । उद्योग विकास शाखा म्याग्दी र मुग्लानी कोलोथ हेन्डीक्राफ्ट कम्पनी प्रालीको आयोजनामा १५ दिने तालिम सम्पन्न भएको हो ।


१५ जना सहभागितामा सो तालिममा प्रयोग गर्ने कच्चापदार्थ अल्लो धौलागिरि गाउँपालिका १ गुर्जाबाट ल्याउने गरेको मुग्लानी कोलोथ हेन्डीक्राफ्टका संचालन खोजेन्द्रबहादुर मल्लले जानकारी दिए । सहभागिलाई ब्यवसायिक बनाउन धागो निर्माणपछि विभिन्न सामानहरु बनाउने तालिम पनि दिईने तयारी रहेको मल्लले जानकारी दिए । सो तालिममा सहभागिलाई प्रशिक्षक नेकसरा पुनले सहजीकरण गरेकी हुन् ।


धागो बनाउने चर्खा दुई ओटा घरेलुबाट र १३ ओटा कम्पनीको रहेको मल्लले जानकारी दिए । सो अल्लोबाट उत्पादित धागोबाट कोट, जुत्ता, झोला लगायतका बस्तुहरु निर्माण गर्न सकिन्छ । सो तालिमबाट सहभागिले ब्यवसायिक बन्न खोजेमा उद्योग विकास शाखाबाट आवश्यक सहयोग दिईने कार्यालय प्रमुख शंकर झाँले जानकारी दिए । तालिममा सहभागि धौलागिरि ३ हाल बेनी बस्दै आएकी टुमामति भण्डारीले उद्योग स्थापना गर्न सकेमा सिकेको सिपसहित थप तालिमलो ब्यवसायिक बन्न सकिने बताईन ।  १५ लाख लगानी गरि संचालन गरिएको कम्पनीबाट बाषिर्क ५ हजार केजी अल्लो प्रशोधन गर्ने लक्ष्यसहित जग्गा ब्यवस्थापनमा लागेको मल्लले जानकारी दिए ।

dhiran