विशेष

मौवाफाँटमा दशैँमा गाउँ फर्किएकालाई रोटेपिङको मनोरञ्जन (फोटो फिचर)

म्याग्दी, १३ असोज ।  दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा भने लिंगे पिङ र रोटेपिङले चहलपहल बढाएको छ । शहरबजारबाट दशैँ मनाउन गाउँ फर्किएकाहरु समेत लिङ्गे पिङ र रोटेपिङ( चमच्चा)मा चढेर आनन्द लिईरहेका छन् । स्थानीय अगुवाहरुको पहलमा लोपउन्मुख... पुरा पढ्नुहोस

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

१२ असोज, काठमाडौं । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीद्धारा संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस

म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारीस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारीस गरेको हो ।... पुरा पढ्नुहोस

दशैँको सरगर्मी गाउँमा बढ्यो

म्याग्दी, ११ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ नजीकिएसंगै चाडपर्वको सरगर्मी बढेको छ । दशैँलाई लक्षित गरि दैनिक उपभोग्य सामान तथा लत्ताकपडाहरु खरिद गरि सर्वसाधारणहरु बजार क्षेत्रबाट गाउँ फर्कन थालेका छन् । विविध कारण आफ्नो जन्मथलोबाट शहरी क्षेत्र तथा प्रवासमा रहेकाहरु समेत गाउँ फर्कन थालेपछि ग्रामीण क्षेत्रमा दशैँको चहलपहल... पुरा पढ्नुहोस

परिवर्तनलाई संस्थागत गर्न माओवादीको नेतृत्व अपरिहार्य : नेता शेरचन

म्याग्दी ११ असोज । नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त उपलब्धिको रक्षाको लागि माओवादीको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस सेन्टर म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममबा बोल्दै नेता शेरचनले माओवादी जनयुद्ध र विभिन्न आन्दोलनहरुको बलमा नेपालमा संघियता, गणतन्त्र, संविधान सभा मार्फत... पुरा पढ्नुहोस

सुरक्षित यात्राको लागि ग्रामिण सडकमा छड्के चेकजाँच

बेनी १० असोज । म्याग्दीको ग्रामिण सडकमा छड्के चेकजाँच सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत ट्राफिक कार्यालय र यातायात व्यवसायीले संयुक्त रुपमा छड्के अनुगमन सुरु गरेका हुन् । बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनले क्षमत्ता भन्दा बढी यात्रु बोक्ने, तोकिएको... पुरा पढ्नुहोस

जनताको मन जित्ने गरि काम गरेर देखाऔँ : माओवादी नेता शेरचन

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचनले जनताको मन जित्ने गरि काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल म्याग्दीबिचको एकता कार्यक्रमलाई मंगलवार बेनीमा उद्घाटन गर्दै नेता शेरचनले माओवादीले शसस्त्र संघर्षको समयमा गरेको जनशक्ताकै अभ्यासमा स्थानीय तहलाई अधिकार सम्पन्न... पुरा पढ्नुहोस

म्याग्दीमा सुरक्षित गर्भपतन संख्या बढ्यो

  म्याग्दी, १० असोज । म्याग्दीमा सुरक्षित गर्भपतन गनेै संख्या बढेको छ । जिल्लामा गत आर्थिक बर्ष २०७३÷७४ मा एक हजार १०० जना भन्दा बढीले गर्भपतन गराएका छन् । तेस्रो सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार बेनीमा आईपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७३७४ मा... पुरा पढ्नुहोस

घराम्दी जिप दुर्घटनामा घाईते पाँच जना डिसचार्ज, ६ जनालाई पोखरा रिफर

म्याग्दी १० असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ हिस्तान महिभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनी देखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका छ जनालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ । १ जनाको... पुरा पढ्नुहोस

एनआरएनए युरोप संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

म्याग्दी, ९ असोज । गैर आवसीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले पनि युरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उमेदवारी घोषण... पुरा पढ्नुहोस