रुईसे भेडीओडारको सुन्दरता

  • २० फाल्गुन २०७४, आईतवार
  • धिरन खत्री
  • 4539 पटक पढिएको


म्याग्दी, २० फागुन । म्याग्दीको रघुगंगा गाउपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे भेडिओढार समुद्रि सतहदेखि २५ सय २० मिटर उचाईमा रहेको छ । धौलागिरि,अन्नपुर्ण, निलगिरि, गुर्जा हिमाल, चुरे लगायतका दर्जनौ हिमालको मनमोहक हासोसंगैको सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षिकत गरेको छ । सो क्षेत्र धौलागिरि आईसफल पदमार्ग जाने बाटोपनि पर्दछ । बसन्तऋतुसंगै बनमा फुलेको लालीगुरासले सो क्षेत्र आन्तरिक पर्यटकको पहिलो रोजाई बन्न सफल भएको छ ।

आन्तरिक बाह्रय पर्यटकको आकर्षित गर्न भौतिक पुर्वाधार निर्माण गर्न सकेमा सो क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा विकासित हुने देखिन्छ । म्याग्दीको सदरमुकाम बेनी देखि गलेश्वर मन्दिर हुदै रघुगंगगा गाउँपालिका २ पिप्ले, भगवती कोट मैदान, डोडकोट, सिजलगाउँ खेलमैदान, रोटेपानी, रुईसे भुमेमन्दिर, बिसेबाईसे दरबारको भग्नासेस भएको रुईसे, थानकोट डिल, ताराखोसे चौर, भन्ज्याङ खोला हुदैँ सप्तरंगि लालिगुरास जंगलको यात्राबाट प्राकृतिक भ्युटावर भेडिओढार पुग्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l