विशेष

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित, गुर्जामा सडक पुर्याउने, युवालाई सहुलियत ऋण दिने

९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो... पुरा पढ्नुहोस

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल... पुरा पढ्नुहोस

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी, असार ८- जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा... पुरा पढ्नुहोस

सेवानिवृत्त शिक्षक चिन्तामणी शर्माको विदाई

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्क निवासी ३८ वर्षदेखि शिक्षण पेशामा क्रियाशिल शिक्षक चिन्तामणी शर्मालाई एक कार्यक्रमकाबीच भव्य बिदाई गरिएको छ। आफ्नो शैक्षिक यात्रा पुरा गर्नुभएका शिक्षक शर्मा अनिवार्य अवकास भएपछि विद्यालय तथा स्थानीयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका हुन् ।  २०२२ साल असार ७ गते साविकको अर्थुङ्गे गाविस हाल बेनी... पुरा पढ्नुहोस

संरक्षक सदस्यका परिवारलाई लिड्सद्धारा अनुदानमा हाते ट्याक्टर सहयोग

म्याग्दी ६ असार । लिड्स नेपालले संरक्षक सदस्य परिवारका तीन जना कृर्षकलाई हाते ट्याक्टर अनुदानमा सहयोग गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। बेनी नगरपालिका ४ डाँडाखेतका दिलबहादुर सार्की, बेनी नगरपालिका ५ खोरगैराका लक्ष्मी... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन, म्याद नाघेका सामाग्री भेटिए

म्याग्दी , ६ असार । म्याग्दी सदरमुकाम बेनीमा म्याद नाघेका सामाग्रीको विक्रि वितरण हुने गरेको भेटिएको छ । जिल्ला बजार अनुगमन टोलीले बालमन्दिरदेखि संगमचोक क्षेत्रमा रहेका खाद्यान्न तथा खाजा र स्कुल क्यान्टीनहरुमा गरेको अनुगमनको क्रममा म्याद नाघेका खाद्य सामाग्री विक्रि वितरण गरेको भेटिएको हो । अनुगमनको क्रममा पसलको टाँसी र... पुरा पढ्नुहोस

गलेश्वर बजार सौन्दर्यीकरण: सडकमा ढुंगा बिछ्याउन थालियो

म्याग्दी । बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो । योजनामार्फत... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले खेतवारीमा सञ्चालन गरेको कृषक पाठशाला प्रभाबकारी

कमल खत्री म्याग्दी , ६ असार । म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरका रुद्रबहादुर थापा मगर करेसाबारीमा कुटो, कोदालो र कापी कलम एकैसाथ बोकेर पस्नुहुन्छ । सामान्यतया खेतवारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहेपनि थापा भने कृषि खेतीको सिकाईका लागि घरेलु कृषि औजार संगै सिकेका कुरा टिपोट गर्न कापी... पुरा पढ्नुहोस

रघुगंगामा तीन जना उत्कृष्ट कर्मचारी सम्मानीत

म्याग्दी, ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद सहित सम्मान गरेको हो । गाउँपालिकाले लेखा अधिकृत अर्जुन गौतम, वडा नम्बर ७ का सचिब एवंम प्राविधिक सुमन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा ५० करोड ११ लाख बढीको बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक २०८२/०८३ का लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका लागि वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले पुस्तुत गर्नुभएको बजेट छलफल गरी... पुरा पढ्नुहोस