विशेष

कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन चयन

बेनी, १४ साउन । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ । क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सोनिया पुन, उपाध्यक्षमा करण राम्जाली, सचिवमा संगिता पुन, सहसचिवमा आसि पुन र... पुरा पढ्नुहोस

लायन्स क्लबद्वारा बेनीमा रक्तदान कार्यक्रम

  म्याग्दी, १२ साउन । म्याग्दीमा रगतको अभाव हुन नदिने उद्देश्यले ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा मानविय सेवा सक्रिय दुईवटा लायन्स क्लवद्वारा रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लव अफ बेनी पिस सिटी र बेनी म्याग्दीको सयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदात गर्नुभएको छ । शुक्रबार बेनी... पुरा पढ्नुहोस

धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

  म्याग्दी, १२ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा/स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको टोली परिचालन... पुरा पढ्नुहोस

तोडियो निर्मल पुर्जाको कीर्तिमान

  काठमाडौँ, ११ साउन । एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका... पुरा पढ्नुहोस

विभागीय मन्त्री यातायात कार्यालयमा सेवाग्राही बनेर पुग्दा

  पोखरा, ११ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरण सम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली गोप्य रुपमा सेवाग्राही बनी अनुगमन गर्नुभएको हो... पुरा पढ्नुहोस

मोडल अफ म्याग्दी सिजन–३ र लिटिल मोडल अफ म्याग्दी सिजन २ बेनीमा हुने

  बेनी, ११ साउन । म्याग्दीमा लुकेर रहेका कला, सस्कृती र प्रतिभालाई उजागर गराउन मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित... पुरा पढ्नुहोस

किसानी प्राविधिक शिक्षालयः ‘प्राविधिक शिक्षा, सिक्दै कमाउँदै विद्यार्थी’

कमल खत्री बेनी, ११ साउन : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभाबकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तरगत बाली विज्ञान र पशु विज्ञान बिषय अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीहरुले प्रयोगात्मक सिकाईका... पुरा पढ्नुहोस

म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता संख्या घट्यो

  म्याग्दी, ११ साउन । म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता घट्दै गएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय दर्ता घटेको हो । पछिल्लो समय जिल्लामा उद्योग र ब्यवसाय बन्द गर्ने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय... पुरा पढ्नुहोस

निशुल्क योग शिविर सम्पन्न

  म्याग्दी, १० साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको निशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार २३ गतेदेखि सुरु भएको शिविरको बुधबार ( साउन १० गते ) सम्पन्न भएको हो । शिविरमा बेनी बजारबासी तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु... पुरा पढ्नुहोस

ओडारमा बस्दै आएका राहुलको उद्दार

  म्याग्दी, १० साउन । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओडारबाट उद्दार... पुरा पढ्नुहोस