साउने संक्रान्तिमा अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक विदा
- १ श्रावण २०८१, मंगलवार
- 455 पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभित्र हर्षोउल्लासका साथ मनाइने साउने संक्रान्ति अर्थात राँके संक्रान्तिको अवसरमा मंगलवार गाउँपालिका भरिका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
गत असार १२ गतेको गाउँसभा बैठकको निर्णय बमोजिम गाउँपालिकाले स्थानीय राजपत्रमा सार्वजनिक विदा सम्बन्धी सूचना प्रकाशन गरेर साउने संक्रान्तिमा विदा दिएको जनाएको छ । परम्परागत रुपमा कृषि पेसालाई मुख्य पेसा बनाउने भएकाले असार महिनामा हिलो र माटोमा धान, कोदोको रोपाँइ सकेपछि हिलो माटोमा काम गर्दा आउने छालाका रोग लुतो पिलो फाल्न प्राकृतिक औषधी संकलन गर्ने र साँझ घरबाट राँको फाल्ने चलन रहेको छ ।