बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा सवारी अवरुद्ध

  • ४ श्रावण २०८१, शुक्रबार
  • 265 पटक पढिएको

म्याग्दी ,४ साउन । म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध भएको छ । बेनी नगरपालिका–४ फापरखेत र मङ्गला गाउँपालिका–२, को सिमाना घुमानेभीरको पहिरोले सडक अबरुद्ध हुँदा एक सातादेखि पश्चिम म्याग्दीको जनजिवन प्रभावित बनेको छ ।

यो सडकखण्ड हुँदै मंगला, मालिका र धवलागिरी गाउँपालिकाकाबासीन्दाहरु जिल्ला सदरमुकाम आउने जाने गर्छन् । पहिरो निरन्तर खसेको कारण अबरुद्ध सडक सुचारु गराउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिधा सवारी अबरुद्ध भएपछि सर्वसाधारणले सास्ती खेपेका छन भने खाद्यान्न र अत्यावश्यक सामान ढुवानीमा समेत समस्या भएको मालिका गाउँपालिका– ६ दरबाङका खिम पुनले बताउनुभयो
नीरन्तर पहिरो खसिरहेकाले तत्काल सडक सुचारु गराउन सम्भव नभएको बेनी नगरपालिका– ४ का वडा सदस्य प्रेम श्रीषले जानकारी दिनुभयो । ‘‘ पहिरो खस्नेक्रम रोकिएको छैन, खानेपानीको संरचना समेत बगाइसकेको छ, माथिबाट पहिरो खस्न नरोकिएसम्म तलको पहिरो मन्छाएर मात्रै निकास निस्कने देखिएको छैन’’– उहाँले भन्नुभयो ।
पहिरोले तातोपानी बजारको खानेपानीको पाइपलाइन बगाएर क्षति बनाएको छ । घुमाउनेभीरमा करिब २ सय मिटर बढी सडक पहिरोले क्षति पु¥याएको छ । विगत एक दशक देखि हरेक बर्खायाममा पहिरो खसेर सास्ती दिँदै आएको घुमाउनेभीरको पहिरो रोकथाम हुन सकेको छैन् । गण्डकी प्रदेश सरकारले पहिरोग्रस्त सडकको विकल्पमा पखेर र सिमलचौर जोड्ने बेलिब्रिज निर्माण गर्ने घोषणा गरेको एक बर्ष पुगेपनि उक्त योजनाको लागि बजेट बिनियोजन भएको छैन् ।