विशेष

रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन सांसद भण्डारीको माग

  पोखरा, १६ जेठ । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले रासायनिक मलको सहज आपुर्तिको व्यवस्था मिलाउन माग गर्नुभएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले म्याग्दी जिल्लामा मकै र धान बालीका लागि माग अनुसार रासायनिक मल आपुर्ति नहुँदा कृषक समस्यामा परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसर फुटबल प्रतियोगितामा

  म्याग्दी १६ जेठ । १६ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई... पुरा पढ्नुहोस

विद्यालयस्तरीय लोक गीत प्रतियोगितामा अस्मिता सेन्चुरी प्रथम

म्याग्दी, १६ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगद रु २५ हजार... पुरा पढ्नुहोस

बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने

म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको सामुदायिक होमस्टे प्रबद्र्धन एवम् रणनीतिक व्यवसायिक योजना कार्यशाला

म्याग्दी, १६ जेठ । म्याग्दीको बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । रघुगंगा गाउँपालिका–१ बेगमा यही जेठ १२ गतेदेखि सोमबारसम्म सञ्चालन भएको कार्यशाला गोष्ठिबाट आगामी २०८४ सम्मका लागि योजना निर्माण गरिएको हो । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन)को प्राविधिक... पुरा पढ्नुहोस

अन्नपूर्ण पदमार्गमा रैथाने प्रजातिका गुराँसको आकर्षण

म्याग्दी १३ जेठ । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । २ हजार ८८३ मिटर... पुरा पढ्नुहोस

सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली

बेनी  १२ जेठ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो । “उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति... पुरा पढ्नुहोस

अन्नपूर्ण पदयात्राः ‘मनोरम झरना पर्यटकको आकर्षण बन्दै’

कमल खत्री बेनी , १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वन, जंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृष्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जनबढी यस्तै मनमोहक... पुरा पढ्नुहोस

म्याग्दीमा मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

म्याग्दी  १० जेठ । म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ । धवलागिरि... पुरा पढ्नुहोस

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

पोखरा, ११ जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी... पुरा पढ्नुहोस