विशेष

हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा,

म्याग्दी २३ कात्तिक ।    मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई... पुरा पढ्नुहोस

मालिका र रघुगंगामा एमालेको चुनावी सभा

म्याग्दी २३ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका... पुरा पढ्नुहोस

सुनौलो फाँट ‘मौवाफाँट’(फोटो फिचर)

म्याग्दी २३ कात्तिक । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान पाकेपछि देखिएको पहेँलपुर फाँट । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा प्रमुख खाद्यबालीको रुपमा धान खेति हुने गरेको छ । गाउँपालिकाको केन्द्र बनेपछि यहाँ शहरीकरणको प्रभाब समेत बढ्दो छ । यतिबेला धान पाकेपछि कृषकहरु धान भित्र्याउने चटारोमा छन् । बिगतका बर्षको तुलनामा यस... पुरा पढ्नुहोस

सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

  डाेटी २२ कात्तिक । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२... पुरा पढ्नुहोस

जनप्रिय माविको नवनिर्मित भवन उदघाटन

दरबाङ २२ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उदघाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उदघाटन गरिएको हो ।नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उदघाटन गर्नुभयो । भवन उदघाटन गर्दै उहाँले भवन... पुरा पढ्नुहोस

निर्वाचनका लागि म्याग्दीमा झण्डै ११ सय कर्मचारी परिचालन

  म्याग्दी, २२ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट ११ सय जना कर्मचारी परिचालन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको सूचीअनुसार सो संख्यामा कर्मचारी परिचालन गरेको हो । जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि... पुरा पढ्नुहोस

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’: बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र... पुरा पढ्नुहोस

बागलुङको निसेलढोरमा उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

बागलुङ २२ कात्तिक । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवारको मराङ, मल्कवाङ विम र दरवाङमा चुनावी सभा

  म्याग्दी, २१ कात्तिक । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव... पुरा पढ्नुहोस

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा

  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित... पुरा पढ्नुहोस