वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ पिप्ले च्याम्पीयन  

  • ७ माघ २०७९, शनिबार
  • 597 पटक पढिएको

बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।  कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।

सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का विरुद्ध ४९ स्कोरले पराजित गर्दै पिप्ले फाइनल पुगेको थियो । पात्लेखेतले रघुगंगा–४ दर्मीजालाई ५२ का विरुद्ध ५५ स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम र दृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५१ हजार र ३१ हजार पुरस्कार प्राप्त गरेका छन् । ८ टिम सहभागी प्रतियोगिता विहिबारदेखि सञ्चालन भएको थियो ।

सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।