विशेष

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

  सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी... पुरा पढ्नुहोस

नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

म्याग्दी ६ पुस । म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सन २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिनुभएका हो । सन २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष समेत भैसक्नुभएका बरुवालले यस बर्ष पुस ७ देखि १० गतेसम्म... पुरा पढ्नुहोस

सिसी क्यामेराविहीन भयो बागलुङ बजार

गलकोट, ५ पुस । विस२०७१ मा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् । विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा... पुरा पढ्नुहोस

खुल्लामञ्चको थप प्याराफिट निर्माण सुरु

  बेनी, २ पुस ।सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको प्याराफिट विस्तार काम सुरु भएको छ। बेनी नगरपालिकाले थप प्याराफिट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख रुपैया बजेट विनियोजितबाट काम सुरु भएको हो । म्याग्दी नदीतिरको प्याराफिटलाई पूर्णता दिन सुरु गरिएको प्याराफिट निर्माणको शिलन्यास बेनी नगरपालिकाका प्रवक्ता एवम् वडानम्वर ७... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्वारा हिमालय आधारभुत विद्यालयमा न्यानो कपडा वितरण (तस्बिर /भिडियो)

बेनी, ५ पुस । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोशाकको स्विटर वितरण गरेको हो... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

  म्याग्दी, ४ पुस । आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । बेनी नगरका मेयर सुरज... पुरा पढ्नुहोस

संरक्षणको पर्खाइँमा घुमाउने घर

पर्वत ४ पुस । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।... पुरा पढ्नुहोस

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार ९सर्वोत्तम पिठो० गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको  आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको... पुरा पढ्नुहोस

बजारको अभाबले गाउँमै उत्पादन भएका अल्लो कपडा थन्किए

बेनी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभाबले थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरि गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमीहरु बजार अभाबले समस्यामा परेका छन् । विगत ६ बर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन... पुरा पढ्नुहोस

क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सन्जु बरुवाल

म्याग्दी, २ पुस । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का... पुरा पढ्नुहोस