विशेष

विदेशबाट फर्किएर राजनीति र पशुपालन संगसंगै (भिडियो र तस्वीर)

बेनी, २४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जा । ४६ बर्षिय पुर्जाले रोजगारको सिलसिलामा १२ बर्षसम्म मलेसियामा पसिना बगाउनुभयो । बर्षौसम्म विदेशमा मेहनत गर्दा समेत घरपरिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा लाग्नुभएको छ । पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसा मात्रै अंगाल्नुभएको छैन, राजनीतिलाई समेत... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च

म्याग्दी २४ साउन । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च... पुरा पढ्नुहोस

गलेश्वरको भेटी पूर्वाधार निर्माणमा परिचालन

म्याग्दी २४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पूर्वाधार निर्माणमा परिचालन भएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल,... पुरा पढ्नुहोस

रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन

म्याग्दी २३ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ । शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार... पुरा पढ्नुहोस

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

म्याग्दी २३ साउन । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार र कोषाध्यक्षमा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष सुवेदी जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित

म्याग्दी २१ साउन । म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा सुवेदीलाई सामुदायिक क्याम्पसको गुणस्तर सुधारमा अतुलनिय योगदान गरेको भन्दै सम्मान शनिवार सम्मान गरिएको हो । कार्यक्रममा अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका... पुरा पढ्नुहोस

किन घटे ढोरपाटनमा नाउर ?

बागलुङ, १९ साउन । हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको सङ्ख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक ३ दिनपछि सुचारु

बेनी, १९ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडक तीन दिनपछि सूचारु भएको छ । गत सोमबारदेखि पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको आएको । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि अबरुद्ध बनेको... पुरा पढ्नुहोस

बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर, १९ साउन । म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार... पुरा पढ्नुहोस

बाढीको सूचना दिने हेरालु परिचालन

म्याग्दी १९ साउन । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय... पुरा पढ्नुहोस