विशेष

बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य

  म्याग्दी १८ साउन । अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको... पुरा पढ्नुहोस

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

  बागलुङ, १८ साउन । बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर अलैँची टिप्ने याममा किसानलाई उही पीरलोले सताउँछ– दुम्सीबाट अलैँची कसरी जोगाउने ? हुन त बाहिरी जीवजन्तुबाट कम जोखिम भएको बालीमा अलैँची पर्छ । तैपनि यहाँका किसान भने... पुरा पढ्नुहोस

क्षत्री समाजद्वारा नागरिकता विधेयक फिर्ताको माग

  म्याग्दी, १७ साउन । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले आज (मङ्गलवार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत हालै मात्र पारित भएको नागरिकता विधेयक फिर्ताको माग गर्दै क्षेत्री समाजले ज्ञापनपत्र बुझाएको हो । ‘राष्ट्रिय अखण्डता, विभेदमुक्त जातीय सद्भावको निम्ती क्षत्री एकता, आजको... पुरा पढ्नुहोस

रुम पहिरो अपेडटः वेपत्ता तीनै जनाको शव फेला , एकै परिवारका पाँच जनाको मृत्यु

  https://www.youtube.com/watch?v=G36kLKLbvfU   म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र... पुरा पढ्नुहोस

रुमको गाजा तामेङ गाउँमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीन वेपत्ता

म्याग्दी १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुँरीदा दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी... पुरा पढ्नुहोस

सुख्खा पहिरोले बेनी– जोमसोमको सिधा यातायात अवरुद्ध

म्याग्दी, १६ साउन । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए। काभ्रेभीर सडकको सिमाना नजिक मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोलेसडक पुर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी... पुरा पढ्नुहोस

साहित्यकार सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन

म्याग्दी १६ साउन । म्याग्दीका साहित्यकार सञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति सङ्ग्रहको विमोचन गरिएको छ । आईतवार श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, सेवा केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका... पुरा पढ्नुहोस

आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको संकेत

म्याग्दी १६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ । रोमन म्यागासेसे पुरस्कारबाट समेत पुरस्कृत पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै आगामी निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन लागेको बताउनुभएको छ । म्याग्दीकै अन्नपूर्ण... पुरा पढ्नुहोस

राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

गलेश्वर, १५ साउन । म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु । ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ... पुरा पढ्नुहोस

म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी

  म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । म्याग्दीको... पुरा पढ्नुहोस