जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविण पौडेल

  • ३ असार २०८०, आईतवार
  • 385 पटक पढिएको

 

म्याग्दी, ३ असार । जिल्ला क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार बेनीमा भएको संघको दोस्रो अधिवेशनबाट पौडेललको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा सौरभ किसान सर्वसम्मत चयन भएका छन् ।


त्यस्तै संघको कार्यसमिति सदस्यहरूमा सुरज भट्टराई, अजय हिमाल, सचिन कार्की, शंकर घिमिरे, शिसिर दगामी मगर, हरी सुवेदी, प्रशान्त पौडेल, होम सुवेदी लगायत चयन भएको संघका सदस्य छिनालले जानकारी दिनुभयो ।

नवगठित समितिलाई शुभकामना दिँदै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुद क्षेत्रका माध्यमबाट देशलाई विश्वसामु चिनाउनका लागि खेल पूर्वाधार निर्माणमा राष्ट्रले लगानी बढाउनपर्ने देखिएको बताउनुभयो ।

क्रिकेट संघ म्याग्दीका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण कटुवालले गर्नुभएको थियो ।