विशेष

अमर माविमा एक प्रदेश एक कम्प्युटर ल्याब स्थापना

म्याग्दी ८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब स्थापना भएको छ । अमेरिकामा रहेका नेपालीहरुको संस्था एसोसियसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)को प्रायोजनमा सन २०२१ म कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा संकलन भएको सहयोग रकमबाट यस विद्यालयमा कम्प्युटर ल्याब... पुरा पढ्नुहोस

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  म्याग्दी, ८ माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो । सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने... पुरा पढ्नुहोस

लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन

म्याग्दी, ७ माघ । बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् । म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता... पुरा पढ्नुहोस

म्याग्दीलाई संस्कृति र प्रकृतिको सम्भावना उजागरबाट समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

बेनी, ७ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले म्याग्दीलाई संस्कृति र प्रकृतिमा रहेको सम्भावनालाई उजागर गरि समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा गत पुस २८ देखि सञ्चालित सातौँ म्याग्दी महोत्सवको शनिवार बेनीमा समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले म्याग्दी... पुरा पढ्नुहोस

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ पिप्ले च्याम्पीयन  

बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।  कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का... पुरा पढ्नुहोस

जलवायु परिवर्तनकाे असर : हिमपात नहुँदा नाङ्गिए हिमाल,सुनसान बने पर्यटकीय गन्तव्य

म्याग्दी, ७ माघ । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङका बसन्त शेरचन हिमाल कालापत्थर बन्न थालेकोमा चिन्तित हुनुहुन्छ । उमेरले ८० पार गर्नुभएका शेरचनले हिमालमा हिउँको मात्रा घट्दै जाने र हिमशृङ्खला विस्तारै काला डाँडाको रुपमा देखिने अवस्थामा पुग्न थालेको बताउनुभयो । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालहरुमा यस बर्ष हिमपातमा ढिलाइ हुँदा... पुरा पढ्नुहोस

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर, ७ माघ । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन,... पुरा पढ्नुहोस

महोत्सवले संस्कृति र परम्परा संरक्षणमा जागरण ल्यायो

कमल खत्री बेनी, ७ माघ : बेनी बजारका १३ बर्षका अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ बर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा पदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि हनुमान नाचले धेरैको ध्यान तान्यो । नेवार... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडकको शिलन्यास

  म्याग्दी, ६ माघ । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको हो । उक्त सडकको शिलन्यास गर्दै मेयर... पुरा पढ्नुहोस

पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी

बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को... पुरा पढ्नुहोस