मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

  • १९ पुष २०८०, बिहीबार
  • 227 पटक पढिएको

 

म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो ।

गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक, बागलुङ बरेङका जीबन सुनार, स्याङ्जाका राजन दर्लामी मगर र सोलुखुम्बुका विष्णु बस्नेतलाई सम्मान गरेको हो ।


मोना यूएईका अध्यक्ष सुवास राम्जाली, सल्लाकार भिमकुमार राना, उपाध्यक्षद्वाय वेकप्रसाद पुन, टेक फगामी, महासचिव काजीमान बुढाथोकी लगायतको उपस्थितमा खेलाडीलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा विदेशी भूमिमा खेल प्रर्दशन गर्न आउनुभएका नेपालका खेलाडीलाई भेट्न र सम्मान गर्न पाउँदा अध्यक्ष राम्जालीले सम्मान कार्यक्रममा खुशी ब्यक्त गर्नुभयो ।


सम्मान कार्यक्रममा गण्डकी प्रदेशको सेटर एव्म म्याग्दीका कप्तान सुजन चोखालले जन्मभूमिका दाजुभाईसंग विदेशी भूमिमा खेलको माध्यममा भेट्ने अवसर र सम्मानीत हुन पाउँदा खुशी ब्यक्त हुँदै मोना युएईलाई धन्यवाद दिनुभएको थियो ।

खेलाडीहरुले मोना युएईका संरक्षक तथा युएईका सफल ब्यवसायी प्रकाश कार्कीको कम्पनीको अवलोकन गर्नुभएको थियो ।