जिल्लास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

  • १९ पुष २०८०, बिहीबार
  • 281 पटक पढिएको

 

म्याग्दी, १९ पुस। पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्समा ६ पालिकाबाट ब्यवस्थापकीय टिमसहित आठसय जना खेलाडी सहभागि हुने अध्यक्ष केसीले जानकारी दिनुभएको छ। उहाँले सबै विद्यामा संयोजक तोकेर प्रतियोगिताहरु अघि बढाईएको बताउनुभयो । एथ्लेटिक्स खुल्लामञ्चमा, भलिबल म्याग्दी बहुमुखी क्याम्पसमा, कवड्डी कालीपुल बास्केटबलको मैदानमा र मार्सलआर्ट कवडहलमा हुने आयोजकले जानकारी दिएको छ । समयमै खेलाडी उपस्थित गराउन पालिकाको ब्यवस्थापकिय टिमलाई केसीले आग्रह गर्नुभएको छ ।

यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ। दुईदिनसम्म संचालन हुने प्रतियोगितामा मार्सलतर्फ ३६, एथ्लेटिक्सतर्फ २६, भलिबल र कवड्डीतर्फ २/२ स्वर्णमा प्रतिस्पर्धा हुने कार्यालय प्रमुख दानबहादुर राईले बताउनुभयो । उहाँले एक पालिकाबाट विभिन्न विद्याका एकसय २० जना खेलाडी सहभागि हुने जानकारी दिनुभयो ।

आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।

बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उतकृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागि हुने छन् । नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुहुने छ ।