विशेष

म्याग्दीमा खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका लागि रु. चौध करोड

म्याग्दी, ११ असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिचाई आयोजना निर्माणका लागि रु. चौध करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले ९५... पुरा पढ्नुहोस

मालिकामा करिव ४६ करोड बजेट

  दरबाङ, ११ असार । मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि... पुरा पढ्नुहोस

कालीसारमा गुराँस ‘पार्क’

  म्याग्दी, १० असार । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालीसारमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । “उद्यान बनाउन डिभिजन... पुरा पढ्नुहोस

बेनी नगरद्वारा करिव ७१ करोड बजेट सार्वजनिक

  म्याग्दी, १० असार । बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिव ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आईतबार बेनीमा भएको १३ औं नगरसभामा नगरउपप्रमुख ज्योती लामिछानेले ७० करोड ८९ लाख रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो । नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५... पुरा पढ्नुहोस

मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो

  म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सांसदद्वारा सडक स्तरोन्नतीमा प्राथमिकता दिएर बजेट विनियोजन

  म्याग्दी, ९ असार । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक... पुरा पढ्नुहोस

धवलागिरीमा करिब ४४ करोडको बजेट पारित

  म्याग्दी, ९ असार । धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास... पुरा पढ्नुहोस

“आमासमूहसंग उपमेयर कार्यक्रम” अन्तरगत गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सम्पन्न

  म्याग्दी, ९ असार । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले... पुरा पढ्नुहोस

अन्नपूर्णको फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा–बाख्रा मरे

  म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा –बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा–बाख्रा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा–बाख्रा मरेको जानकारी दिनुभयो । उहाँले... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा साढे ५३ करोड बजेट सार्वजनिक

  म्याग्दी, ८ असार । अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन् पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ रु. ३५... पुरा पढ्नुहोस