एमाले बागलुङको अध्यक्षमा हिरा केसी

  • ३० चैत्र २०८०, शुक्रबार
  • 173 पटक पढिएको

­

नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मन चयन भएका छन्। दशौं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वम्मत निर्वाचित भएका हुन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता गरेसँगै केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

यसअघि जिल्ला अध्यक्षका लागि पूर्वअध्यक्ष जनकराज पौडेल, सचिव विष्णु भुषालसँगै गौतम र केसीको चर्चा चले पनि उम्मेदवारी दर्ता गौतम र केसीले मात्रै गरेका थिए। अन्त्यमा गौतमले पनि दाबी छाडेका हुन्।

उपाध्यक्षमा बिष्णु भुसालको मात्रै उम्मेदवारी परेपछि उनि पनि निर्विरोध चयन भएका निर्वाचन कमिटिले जनाएको छ। भुषाल यसअघि जिल्ला सचिव थिए। उपसचिवमा पनि सर्वसम्मत धनबहादुर परियार र करमती पुन चयन भएका छन्। उनीहरु दुईजनाको मात्रै उम्मेदवारी परेको थियो।

सचिवमा गणेश थापा, चन्द्र गणेश, कुमार खड्कालगायतको उम्मेदवारी परेको छ। जिल्ला नेतृत्वलाई सर्वसम्मत टुंगाउने प्रयास भएको हुँदा सचिवमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको एमालेका एक जिल्ला नेताले जानकारी दिए।

 

सवै पदमा सर्वसम्मतको प्रयास भएको हुँदा निर्वाचन समितिले निर्वाचित हुनेको आधिकारिक रुपमा घोषणा भने गरिसकेको छैन ।