पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालन
- २ बैशाख २०८१, आईतवार
- 381 पटक पढिएको
धवलागिरी क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो । व्यवसायी कृष्ण केसीले ३९ वटा कोठाको होटल सञ्चालनमा ल्याएका हुन् । होटलको १०२ जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको छ । पर्यटकसँगै गोष्ठि, सभा समारोहलाई लक्षित गर्दै होटलमा लगानी गरेको सञ्चालक केसीले बताए ।
मुस्ताङ जाने आउने पाहुनाले बेनीमा बास नपाएर फर्किएको देखेपछि पोखराको व्यवसाय छोडेर पुरख्यौली जग्गामा होटल सञ्चालन गरेको उनको भनाइ छ । २०० जिप र बस पार्किङ मिल्ने सुविधा छ । सामान्य देखि स्तरीय पाहुनाको क्षमता र इच्छा अनुसारको कोठा, खानाका परिकारको सुविधा पाउनेछन् ।
ऐतिहासिक मल्लाजको काखमा रहेको होटलको कोठाबाट म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार आसपासको दृष्य अवलोकन गर्न सकिन्छ । हाल ७ रोपनी क्षेत्रफलमा संरचना बनाइएको छ ।
२३ रोपनी क्षेत्रफलमा ३० करोड रुपैयाँको परियोजना रहेको सञ्चालक केसीले बताए । होटल सञ्चालनमा आएपछि करिब ७०० जना क्षमताको बैंक्युट, स्विमिङ पुल र चिल्डे«न पार्क पनि बनाउने तयारी भइरहेको छ