जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान

  • २७ चैत्र २०८०, मंगलवार
  • 307 पटक पढिएको

 

बेनी, २७ चैत । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई चितवनमा सम्मान गरेको छ ।

मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड मूल्य बराबरको २३६.४५ वर्ग मिटर क्षेत्रफल भएको जग्गा निशूल्क उपलब्ध गराउनु भएको थियो ।

संघको यही चैत २३ र २४ गते चितवनमा भएको केन्द्रिय सभाको २८ औ अधिवेशनको अवसरमा रोका र उहाँकी श्रीमति याममायार्ला प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको हो ।

बेनीको क्याम्पसचोकमा घरभाडामा लिएर हिमालयन आँखा अस्पताल पोखरासँगको सहकार्यमा नेत्रज्योती संघले आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । थप स्रोत जुटाएर रोकाले उपलब्ध गराउनु भएको जग्गामा भवन बनाउने संघका अध्यक्ष अमर बानियाले बताउनुभयो ।

जग्गादाता रोकाले नेपाल रेडक्रस सोसाईटी, बेनी अस्पतालको व्यवस्थापन समिति लगायत सामाजिक संघ संस्थाको नेतृत्व गर्नुभएको थियो