काठमाडौंंदेखि दरबाङ आउँदै गरेको दुर्घटना हुँदा ७ जना घाइते

  • २९ चैत्र २०८०, बिहीबार
  • 692 पटक पढिएको

बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

एसपी मोहनकुमार थापाका अनुसार ,घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका–३,की रिता घर्ती ,मालिका गाउँपालिका–५,का भिमकुमार बुढा,सोही वडाका निश्चल फगामी ,सोही वडाकी निर्मला फगामी ,सोही वडाकी सुमित्रा फगामी ,मालिका गाउँपालिका –१,का नरबहादुर पुन र सोही वडाकी कृष्णकुमारी पुन हुनुहुन्छ ।

घाइतेहरुको अहिले जिएमसी मेडिकल कलेजमा उपचार भइरहेको छ । भने उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।