म्याग्दी समाचार
म्याग्दी बहुमुखी क्याम्पसमा फुल रोपियो
- 7 बर्ष, 11 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । म्याग्दीको सदमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि क्याम्पसमा बिहिबार बगैचा निमार्ण गरि फुल रोपिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थि युनियन र अनेरास्वयू जिल्ला कमिटि म्याग्दीले बगैचा निमार्ण गरि फुल रोपेका हुन् । म्याग्दी जिल्लामा पाईने विभिन्न जातका गरि करिब २५ वटा जातका फुल हरु रोपियको... पुरा पढ्नुहोस
भिम माविको अभिभावक दिवस सम्पन्न
- 7 बर्ष, 11 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानमा रहेको भिम माविको ५८ औँ अभिभावक दिवस बुधवार मनाईएको छ । सो अबसरमा बार्षिक परिक्षाको पुरस्कार वितरण, छात्रावृत्ति वितरण समेत गरिएको छ । सो क्रममा आधारभुत दलित, छात्रछात्रा, माध्यमिक छात्रावृत्ति र माध्यमिक दलित छात्राबृत्ति वितरण गरिएको थियो । अध्यक्ष सुवेदार दिलबहादुर... पुरा पढ्नुहोस
कालिगण्डकीमा बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द
- 7 बर्ष, 11 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
बागलुङ, २५ जेठ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर कालिगण्डकी नदीमा बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा कालिगण्डकी नदीबाट बेपत्ता र भएका बानपा–३ का १७ वर्षीय सुनिल... पुरा पढ्नुहोस
भविकलालाई दरबाङमा जुट्यो ७१ हजार सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई दरबाङमा ७१ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङ र न्यू दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा ७१ हजार ६ सय रुपैयाँ सहयोग रकम जुटाईएको हो ।... पुरा पढ्नुहोस
रमाईलो धवलागिरी अनलाईन रोधीघरद्धारा गुरुङ परिवारलाई सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस
नन्दको सालैजो गीतको छायाङ्कन
- 7 बर्ष, 11 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो लोक दोहोरी गीत सालैजोको छायाङ्कन गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको बेनी नगरपालिका २ बगरफाँटमा छायाङ्कन गरिएको छ । कस्तुप पन्तको शब्द र संगीत... पुरा पढ्नुहोस
लेटमी डान्सीङकी विजेता मगरद्धारा सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी,२४ जेठ । एकहप्ताअघि सम्पन्न लेटमी डान्सीङ प्रतियोगिताको विजेता म्याग्दी अर्मनकी विष्णु दगामी मगरले विषाक्त खानाका कारण उपचाररत पबहादुर गुरुङ र भविकला पुर्जाको उपचारका लागि पाँच हजार सहयोगको घोषणा गरेका छन् । गत शनिबार काठमाडौँमा त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ प्रतियोगितामा मगरले उपाधी जितेकी थिइन् ।... पुरा पढ्नुहोस
गुरुङ परिवारलाई जापानबाट ४९ हजार सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्चका लागि जापानबाट ४९ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । पात्लेखर्कका पदम पुनको नेतृत्वमा अध्ययनका सिलसिलामा जापान पुगेका म्याग्देलीहरुले उक्त रकम सहयोग गरेका हुन् । विषाक्त खानाका कारण बुहारी... पुरा पढ्नुहोस
बाबियाचौर बजारमा सरसफाई
- 7 बर्ष, 11 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,२३ जेठ । मंगला गाउँपालीका २ बाबियाचौर बजारमा मंगलबार सरसफाई गरिएको छ । १८ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बजार क्षेत्रको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा मंगला गाउँपालीका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष... पुरा पढ्नुहोस
फुलमायाको उपचारका लागि बानियाको सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेनीकी यसोदा बानीयाले मंगलबार दश हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम माइत भई बेनी आवासीय माविकी सञ्चालक बानियाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले... पुरा पढ्नुहोस