मितेरी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन चयन
- २ आश्विन २०७४, सोमबार
- 2077 पटक पढिएको
म्याग्दी, २ असोज । बेनीमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पर्णबहादुर पुन चयन हुनुभएको छ । संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका पुनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा लालबहादुर चर्मकार, सचिबमा ताराप्रसाद गौतम, कोषाध्यक्षमा टेकबहादुर भट्टराई चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा रेशमबहादुर जुग्जाली, रेशम पुन मगर, मित्रलाल अधिकारी, उषा घर्ति घिमिरे, पदम बहादुर पुन मगर, हेममायाँ सुनार, लालबहादुर पुन चयन हुनुभएको छ । त्यसैगरि रेशम पुन, थमबहादुर जुग्जाली र मित्रलाल अधिकारी सदस्य रहनुभएका ऋण उपसमिति, प्रेमबहादुर जुग्जाली, मुकुन्द प्रसाद आचार्य र पदमबहादुर पुन सदस्य रहनुभएका लेखा उपसमिति र टेकबहादृर भट्टराइ, ध्रुवलाल शर्मा र ताराबहादुर छन्त्याल सदस्य रहनुभएको शिक्षा उपसमिति गठन भएको सहकारी प्रवन्धक नविन जुग्जालीले जानकारी दिनुभयो ।
१४१ जना शेयर सदस्य रहेको मितेरी सहकारीमा ६९ लाख ५३ हजार ५० रुपैयाँ शेयर पुँजी रहेको छ । आर्थिक बर्ष २०७३÷०७४ मा कुल ५ करोड १८ लाख ८९ हजार ४३१ निक्षेप संकलन र ४ करोड ९८ लाख ४४ हजार ४५२ निक्षेप फिर्ता गरेको सहकारीले बर्षभरीमा २ करोड ७६ लाख ३० हजार ५४६ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीका जेष्ठ शेयर सदस्य मुक्ति रोकाको प्रमुख आतित्यथामा साधारण सभा सम्पन्न भएको थियो ।