म्याग्दी समाचार

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी,... पुरा पढ्नुहोस

पर्वत बेनीमा रक्तदान

पर्वत, १९ भदौ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल,... पुरा पढ्नुहोस

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

बेनी १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातौ साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले... पुरा पढ्नुहोस

उत्तरी म्याग्दी र मुस्ताङमा पाँच दिनपछि बिद्युत आपूर्ती

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनपछि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती भएको छ ।प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसक्दा जनजिवन प्रभावीत बनेको थियो । नेपाल विद्युत प्राधिकरणले सोमबार दिउँसो प्रशारण लाईनको खराबी पत्ता लगाएर मर्मत गरेपछि... पुरा पढ्नुहोस

बिद्युत आपूर्ती बन्द हुँदा उत्तरी म्याग्दी अन्धकार

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द भएको छ । प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङका दर्जनौँ बस्तीहरुमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसकेको हो । विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार,... पुरा पढ्नुहोस

मिस्त्रीखोला जलविद्युतको काम द्रुत गतिमा (फोटो फिचर

म्याग्दी, १९ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्यूत आयोजनाले पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १३ महिनादेखि आफ्नो निर्माण कार्यलाई दुत्रगतिमा अगाडी बढाएको छ । निलगिरी र घलेम्दीखोलाको दोभानमा बाँध रहेन यस आयोजनाको २ हजार ३... पुरा पढ्नुहोस

जनता माविमा छात्राबृत्ति वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामा रहेको जनता मावि मा स्वर्गीय रत्नबहादुर गर्वुजाको स्मृतिमा उहाँको छोरा यौमन गर्वुजाले स्थापना गर्नुभएको रु ५० हजारको अक्षयकोषबाट पाँच जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको । विद्यालयमा अध्ययनरत तिलक तिलिजा, ईलिना पाईजा, लिलकुमारी पुन , एमुना विक र अभिषेक गर्वुजालाई जनही रु १ हजारका दरले छात्राबृत्ति प्रदान... पुरा पढ्नुहोस

म्याग्दीमा दशनामी समाज गठन

म्याग्दी, १८ भदौ । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो । समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय... पुरा पढ्नुहोस

बेगखोलामा पानीको बहाब बढेपछि …………(फोटो फिचर)

म्याग्दी, १८ भदौ । बेनी –जोमसोम सडकको यात्रा निकै कष्टकर बन्ने गरेको छ । अबिरल बर्षाको कारण ठाउँ ठाउँमा खस्ने पहिरो, नदी कटानबाट सडकमा पुग्ने क्षति तथा खहरे खोलाहरुमा बढ्ने पानीको बहाबले यस सडक खण्डको यात्रा जोखिमपूर्ण र कष्टकर बनेको हो । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्ड निकै... पुरा पढ्नुहोस

मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि चुनावलाई लक्षित गरि माओवादी केन्द्रको तयारी तिव्र

म्याग्दी, १८ भदौँ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि चुनावलाई लक्षित गरेर आन्तरिक तयारी तिव्र पारेको छ । मंसिर १० गते हुने चुनावलाई लक्षित गरेर बेनी नगरपालिका र ५ गाउँपालिकाको लागि कार्यविभाज गरेको छ । निर्वाचन लक्षित गरि प्रदेश संयोजक हरि अधिकारीको... पुरा पढ्नुहोस