म्याग्दी समाचार

फलफुल र तरकारी खेतीबाट बार्षिक ३ लाख आम्दानी

म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका इन्द्रबहादुर भण्डारीले ब्यवसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा साउदी कतारमा ८ बर्ष विताएर फर्किएका भण्डारी विगत ८ बर्षदेखि स्वदेशमै कृषिकर्ममा सक्रिय छन । आफ्नै खेतबारीमा व्यवसायिक रुपमा तरकारी तथा... पुरा पढ्नुहोस

जिफन्टले बुझायो एमालेलाई ज्ञापनपत्र

म्याग्दी, २४ चैत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ज्ञापनपत्र बुझाइएको जिफन्टले जनाएको छ । जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवी राई र सल्लाहकार गोपाल रिजालले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्र एमालेका वैकल्पिक केन्द्रीय... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकालाई नमुना बनाउने प्रतीवद्धता

बेनी २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन् ।गाउँपालीका कार्यालयले बिहीबार पोखरेबगरमा नव वर्ष २०७४ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागि राजनितिक दलका नेता तथा अगुवाहरुले अन्नपूर्ण गाउँपालीका प्राकृतिक स्रोत साधनका हिसावले सक्षम रहेको बिचार व्यक्त गरेका हुन्... पुरा पढ्नुहोस

नयाँ बर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

बागलुङ, २४ चैत । नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुने भएको छ । ३१ सय २० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार... पुरा पढ्नुहोस

निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताका लागि तालीम सुरु

म्याग्दी, २४ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बिहीबारदेखि निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको छ ।     २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक र छनौटमा परेका बालविकास सहयोगी कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको... पुरा पढ्नुहोस

बेनीमा निकासी योग्य बस्तुको सम्भाव्यता अध्ययन

म्याग्दी, २४ चैत । वाणिज्य मन्त्रालयले म्याग्दीमा निकासीयोग्य बस्तुको सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालय अन्तरगतको ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले म्याग्दीबाट निकासीको सम्भावना रहेका बस्तुहरुको तथ्याङ्क संकलन र उत्पादनको अवस्थाको विषयमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । म्याग्दीका साथै मुस्ताङ र पर्वतबाट देशका अन्य जिल्ला र बिदेशमा निकासी... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग

म्याग्दी, २४ चैत । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग प्राप्त भएको छ ।    साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल बेलायतमा रहनुभएका मोना युकेका पुर्व अध्यक्ष उमेश रानाको पहलमा... पुरा पढ्नुहोस

खबरामा वाईसीएल गठन

म्याग्दी, २४ चैत । बेनी नगरपालीका २ खबरामा बिहीबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलको गाउँ कमिटी गठन भएको छ । बेलबहादुर कुँवरको अध्यक्षतामा गठीत १३ सदस्यीय कमिटिको उपाध्यक्षमा धनबहादुर जिसी, सचिवमा जगन सापकोटा, सहसचिवमा टेकबहादुर जिसी र कोषाध्यक्षमा राममाया नेपाली रहनुभएको छ । माओवादी केन्द्रका नेता रामु कार्की... पुरा पढ्नुहोस

गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो

बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो ।  ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा... पुरा पढ्नुहोस

पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

म्याग्दी,२३ चैत । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ । कमिटीको... पुरा पढ्नुहोस