म्याग्दी समाचार

दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन

प्रताप बानियाँ म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी... पुरा पढ्नुहोस

नवआगन्तुक प्रनाउ मगरलाई स्वागत

प्रताप बानियाँ म्याग्दी, जेठ ९ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरलाई स्वागत गरिएको हो ।  कार्यक्रममा प्रनाउ बुढा मगरलाई सामुदायिक सेवा केन्द्र तथा... पुरा पढ्नुहोस

जवरजस्ती सार्वजनिक सवारी साधन रोक्ने ३ जना ब्यक्ती पक्राउ

म्याग्दी, ९ जेठ । म्याग्दीबाट मुस्ताङ जाँदै गरेका रिर्जभ बसहरुलाई रोकेर आफ्नो सवारी साधानमा जान बाध्य पार्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गलेश्वर स्थित गायत्री मन्दिर अगाडी गाडी रोकेर रिर्जभ बसहरुबाट जवरजस्ती यात्रुहरुलाई ओर्लन लगाई आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य पार्न खोजेका बिम घर भई... पुरा पढ्नुहोस

बिस्फोटक पदार्थ प्रयोग गरि अजिंगर भिरमा सडक बनाउन सुरु

दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण... पुरा पढ्नुहोस

चिटिक्क गुर्जा गाउँ

भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना बोकेको पकेट ठाउँ हो । पछिल्लो समय गुर्जा गाउमाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः झक छन्त्याल,... पुरा पढ्नुहोस

ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय... पुरा पढ्नुहोस

मोना जापानको अध्यक्षमा दिपक कार्की चयन, १३ बूँदे घोषणापत्र जारी गर्दै अधिवेशन सम्पन्न (फाेटाे फिचर)

म्याग्दी, ८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौं अधिवेशनबाट १३ बुँदे घोषणापत्र जारी गर्दै आईतवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षद्वयमा देवेन्द्र भण्डारी र दिल केसी,... पुरा पढ्नुहोस

नकलडाँडा–मँगलेखानी सडकको उदघाटन

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य... पुरा पढ्नुहोस

चटपटे ब्यापार

बेनी– जोमसोम सडकको स्तोरन्नतीको काम तिव्रतासंगै यात्रुबाहक साधनहरु समय तालिका लिएर छुट्छन् । बाटो खोल्नुपर्व भिरकाटेमा रोकिएका यात्रुहरुलाई चटपट बनाएर बैच्दै गरेकी एक महिला ।तस्विर : धिरन खत्री /म्याग्दी, ८ जेठ । पुरा पढ्नुहोस

घुस मागेको भन्दै शिक्षाका दुई प्राबिधिक विरुद्ध उजुरी !

म्याग्दी ८ जेठ । जिल्लाको एक विद्यालयको पूर्वाधार निर्माणको क्रममा विद्यालयबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई... पुरा पढ्नुहोस